back
NMB ad

अस्ट्रेलियाले नेपाललाई डेढ अर्ब सहयोग दिने

Kumari bank ad

काठमाडौं । अस्ट्रेलियाले नेपाललाई यस आर्थिक वर्षमा २ करोड १४ लाख डलर (करिब १ अर्ब ७० करोड) रुपैयाँ सहयोग दिने भएको छ ।

यो सहयोग रकम गत आर्थिक वर्षको भन्दा ९ लाख डलरले कम हो । अस्ट्रेलियाका ट्रेजरर जोस फ्रयाडनबर्गले जारी गरेको बजेट घोषणामा अस्ट्रेलियाले वैदेशिक सहायता कार्यक्रमअन्तर्गत उपलब्ध गराइने रकममध्येबाट नेपाललाई उक्त रकम दिइने उल्लेख गरिएको छ ।

दक्षिण एसियालीलगायत विभिन्न देशलाई अस्ट्रेलियाले हरेक वर्ष सहयोग दिँदै आएको छ । दक्षिण एसियाली देशलाई घोषणा गरिएको आर्थिक सहयोगमा अस्ट्रेलियाले यस वर्ष गत वर्षको भन्दा करिब ७ करोडले कमी गरेको छ ।

सबैभन्दा धेरै कटौती अफगानिस्तानको सहयोगमा गरेको छ । गत वर्ष ८ करोड २० लाख सहयोग दिइएकामा यस वर्ष घटाएर ५ करोड ५३ लाखमा झारेको छ । यसैगरी पाकिस्तान र बंगलादेशलाई दिइने सहयोग समेत उल्लेख्य रुपमा घटाइएको छ ।

बजेट घोषणाअनुसार नेपालसहित अफगानिस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान, भुटान, माल्दिभ्स र दक्षिण तथा पश्चिम एसियाका ग्रामीण क्षेत्रका लागि १९ करोड ३० लाख डलर सहयोग घोषणा गरेको छ, जुन गत वर्ष २६ करोड ६० लाख डलर थियो ।

अस्ट्रेलियाली राजनीतिका जानकार सञ्चारविद् डा. भरतराज पौडेलले अस्ट्रेलियाले अफगानिस्तान, पाकिस्तानलगायतका देशको सहयोग रकम धेरै कटौती गरेको सन्दर्भमा नेपालको रकममा कटौती नहुनु खुसीको कुरा भएको दाबी गरे । कान्तिपुर दैनिकमा खबर छ ।

वि.सं.२०७७ असोज २५ आइतवार ०७:५२ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...