back
NMB ad

१८ अर्ब २५ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री खुला

Kumari bank ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले १८ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री खुला गरेको छ । त्यसमध्ये तीन अर्ब रुपैयाँको नयाँ ट्रेजरी बिलको बिक्री खुला गरेको हो ।

राष्ट्र बैंकले १५ अर्ब २५ करोड रुपैयाँ बराबरको पुरानै ट्रेजरी बिल नवीकरण गर्न लागेको हो। जसमा पाँच अर्ब २८ दिनको, आठ अर्ब ९१ दिनको र दुई अर्ब २५ करोड १९ं८२ दिनको ट्रेजरी बिल नविकरण गर्न लागेको हो। यसका लागि राष्ट्र बैंकले असोज २६ गते लिलाम बढाबढ गर्ने सूचना प्रकाशन गरेको छ।

तीन अर्ब रुपैयाँको भने आन्तरिक ऋण उठाउनको लागि बिक्री गर्न लागेको नेपाल राष्ट्र बैंकले बताएको छ। नयाँ ट्रेजरी बिल ३६४ दिनको हुनेछ।चालु वर्षको आन्तरिक ऋणअन्तर्गत उठाउन लागिएको यो पहिलो ट्रेजरी बिल हो। राष्ट्र बैंकले कात्तिक ४ गते ४ अर्बको अर्को ट्रेजरी बिल जारी गर्ने तयारी गरेको छ।

राष्ट्र बैंकले नेपाल सरकारको लाागि चालु आर्थिक वर्षमा कुल २ खर्ब २५ अर्बको आन्तरिक ऋण सरकारलाई उठाइदिन लागेको छ। यसमध्ये ५७ अर्ब रुपैयाँ भने कात्तिक मसान्तसम्म उठाइदिने कार्यतालिका छ।

नेपाल राष्ट्र बैंकले अहिलेसम्म विकास ऋणपत्रको माध्यमबाट ३० अर्ब रुपैयाँ नेपाल सकारका लागि उठाइदिइसकेको छ।

अब सात अर्ब ट्रेजरी बिलबाहेक कात्तिक २० गते राष्ट्र बैंकले २० अर्बको विकास ऋणपत्र जारी गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ।

वि.सं.२०७७ असोज २५ आइतवार १४:५० मा प्रकाशित

You can share this post!

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:१५

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले २०८१ बैशाख २२...

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

धार्मिक पर्यटन प्रवर्द्धन गर्न हलेसी–बराहक्षेत्र र पाथीभरा जोडिने   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०९

खोटाङ, २३ वैशाखः कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र...

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

एमाले भोजपुरको अध्यक्ष खड्का निर्वाचित   

वि.सं.२०८१ वैशाख २३ आइतवार ११:०३

भोजपुर, २३ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी भोजपुरको...

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

बजेट अभावमा धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा पुल निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५८

गोदावरी (कैलाली), २३ वैशाखः धनगढी–खुटिया–दिपायल द्रुतमार्गमा बनाइने आठवटा पुलका निम्ति...

कति छ आज सुनचाँदीको भाउ ?

कति छ आज सुनचाँदीको भाउ ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:५२

काठमाडौं । साताको पहिलो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

आइएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन, अब कति दिने भयो ?

वि.सं.२०८१ वैशाख २३ आइतवार १०:४३

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले लाभांश संशोधन गरेको छ ।...