back
NMB ad

दशैँमा पनि बागमती सफाइ अभियानले निरन्तरता पाउने

Kumari bank ad

काठमाडौँ । विगत सात वर्षदेखि जारी रहेको बागमती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ ।

घटस्थापनाका दिन बागमती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।

पशुपति क्षेत्रमा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मी भट्टलगायतले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरेको उनले बताए । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रिया लामिछाने, रमशरण कार्की, खगेन्द्र कार्की, दुर्गा रावल लगायतका अभियानकर्मीको सक्रियता थियो ।

गुह्येश्वरी माथिको वाग्मती सफाइको ३४९औँ हप्तामा गोठाटार पुल नजीकको साकुरा उद्यान क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदैआएका छन् ।

चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनारमा बस्दै आएका अभियानकर्मी सुरक्षा विधि अपनाएर अभियानलाई निरन्तरता दिइरहेका छन् । अन्य सफाइ अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा अभियानलाई निरन्तरता दिँदै आएका छन् ।

बागमती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ । रासस

वि.सं.२०७७ कात्तिक २ आइतवार १४:०० मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...