back
NMB ad

भोलीबाट बुद्धको बारेमा चलचित्र प्रदर्शन हुँदै

Kumari bank ad

काठमाडौँ । भोलि शुक्रबारबाट आशा गरिएको नेपाली चलचित्र ‘बुद्ध वर्न इन नेपाल’ प्रदर्शनमा  आउने भएको छ ।

‘भगवान् बुद्ध भारतमा होइन नेपालमा जन्मिएका हुन्’, भन्ने सन्देश विश्वभर फैलाउने चलचित्र ‘बुद्ध वर्न इन नेपाल’लाई नायक रमित ढुङ्गानाले निर्माण गर्नुभएको हो । ज्ञानेन्द्र देउजाको लेखन तथा निर्देशनमा बनेको उक्त चलचित्रले बुद्धको जन्मबारे विश्वभर फैलिएको भ्रमलाई चिर्ने आशा गरिएको छ । रमितसँगै, अशिष्मा नकर्मी, नीर शाह, मिथिला शर्मा, मनिता लामा, अमित ढुङ्गानालगायत केही अमेरिकी कलाकारको समेत अभिनय सो चलचित्रमा रहेको छ ।

प्रस्तुतकर्ता रमितले आफू अमेरिका बसाइका क्रममा बुद्ध जन्मबारे भ्रम फैलिएको महसुस गर्नुभएको थियो । सोही कारण छुट्टै धारको चलचित्र निर्माणमा लाग्नु परेको भन्दै उहाँले भन्नुभयो, “चलचित्रले उक्त भ्रम चिर्न सफल हुनेछ भन्ने विश्वासमा छु ।”

लुम्बिनी, काठमाडौँसँगै अमेरिकामा समेत छायाङ्कन गरिएको चलचित्र बुद्ध जयन्ती तथा बौद्ध सम्मेलनको अवसरमा प्रदर्शनमा आएको हो ।
प्रकाशितः २०७३ जेठ ६

वि.सं.२०७३ जेठ ६ बिहीवार १४:५९ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...