back
NMB ad

काठमाडौं–तराई द्रुतमार्गः सुरुङमार्ग र जटिल खाले पुल निर्माणको भाखा सर्‍यो

Kumari bank ad

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्र्याक) का मुख्य संरचना सुरुङमार्ग र जटिल खालका पुल बनाउने भाखा सरेको छ ।

सुरुङमार्ग र पुलका आवश्यक प्रक्रिया पूरा गर्दा केही समय पर धकेलिएको भन्दै नेपाली सेनाले आगामी वैशाख वा यही चालू आर्थिक वर्ष (आव) २०७७/७८ को अन्तिमसम्ममा शुरू गरिने जानकारी दिएको छ । सेनाले तयार पारेको होलेस्टिक योजनाअनुसार पुसदेखि यी संरचना निर्माण अघि बढाउने तयारी थियो ।

कोरोना भाइरस संक्रमणका कारण नेपालमा समेत बन्दाबन्दी भएपछि सुरुङ निर्माणका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय परामर्शदाता छनोटमा ढिलासुस्ती हुँदा कार्ययोजना पनि प्रभावित भएको सेनाको दाबी छ ।

यद्यपि अहिले जियोफिजिकल अनुसन्धानको स्थलगत काम सम्पन्न भइसकेको भन्दै सेनाले सुरुङमार्ग बनाउन अन्तरराष्ट्रिय निर्माण व्यवसायी छनोट गर्न मूल्याङ्कनको कार्य भइरहेको जानकारी दिएको छ ।

यो काम पुस १५ गतेसम्म सम्पन्न गरिने नयाँ कार्यतालिका तोकिएको छ । सोहीअनुसार चैत महीनासम्ममा सम्झौता सम्पन्न गरिने सेनाको भनाइ छ ।

कुल ७२ दशमलव ५ किलोमीटर (किमी) दूरीको उक्त द्रुतमार्गमा हाल माटो काट्ने/पुर्ने काम ८८ प्रतिशत सम्पन्न भए पनि मुख्य काम तीनओटा सुरुङमार्ग र जटिल खाले १६ पुलसहितका अन्य पुल निर्माण शुरू नहुँदा आयोजनाको समग्र खर्चस्थिति नै प्रभावित बन्न पुगेको छ ।

आयोजनाको कुल खण्डमध्ये १७ किमी सुरुङमार्ग र पुलको भाग रहेको छ । आयोजनाको सबैभन्दा बढी खर्च हुने भाग भनेकै यी संरचनामै हो । धेरै खर्च हुने संरचना नै बन्न बाँकी रहेकाले खर्च कम हुँदा हालसम्म उक्त आयोजनामा जम्मा १६ अर्ब ६६ करोड रुपैयाँ खर्च भएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ मंसिर २९ सोमवार ०८:११ मा प्रकाशित

You can share this post!

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

मेरोमाइक्रोफाइनान्स लघुवित्तको सेयर संरचना परिवर्तन

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:३३

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर संरचना परिवर्तन...

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

कांग्रेसको अवरोधपछि राष्ट्रियसभा बैठक स्थगन   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:२३

काठमाडौँ, ४ जेठः राष्ट्रियसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली...

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

वि.सं.२०८१ जेठ ४ शुक्रवार १४:१६

काठमाडौँ । यही जेठ ५ गते शनिवार धुलिखेलमा हुन गइरहेको...

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

ऋण लिएर तिर्दैन भन्न मिल्दैन : मन्त्री चौधरी

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:५८

इटहरी, ४ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले बैङ्क...

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना   

वि.सं.२०८१ जेठ ४ शुक्रवार १३:४७

‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले ‘उपसभामुख’ को...

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

थप २ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ ४ शुक्रवार १२:५१

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज(नेप्से) मा सामुदायिक लघुवित्तको सेयर सूचिकृत...