back
NMB ad

जलस्रोतसम्बन्धी एकीकृत नीति जारी

Kumari bank ad

काठमाडौं । नेपाल सरकारले पहिलोपटक राष्ट्रिय जलस्रोत नीति–२०७७ सार्वजनिक गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले बिहीवार उक्त नीति सार्वजनिक गरेको हो । बिहीवार मन्त्रालयमा एक औपचारिक कार्यक्रम गरी ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले उक्त नीति सार्वजनिक गरेका हुन् ।

जलस्रोत सम्बन्धमा एकीकृत नीति समेटेर जारी गरिएको यो पहिलोपटक हो । यसअघि जलस्रोतको उपयोगसँग सम्बद्ध खानेपानी, सिँचाइ, विद्युत्, जल उत्पन्न विपद् व्यवस्थापनसम्बन्धी फरकफरक नीति थिए । अहिले ती सबै विषय समेटेर एकीकृत नीति ल्याइएको हो ।

मन्त्रालयले ७ उद्देश्य र ११ रणनीतिसहित एकीकृत नीति जारी गरेको हो । विशेषगरी उक्त नीतिले जलस्रोतको बहुआयामिक तथा दिगो विकास र बहु उपयोगबाट आर्थिक समृद्धि र सामाजिक रूपान्तरणको उद्देश्य लिएको मन्त्रालयको भनाइ छ ।

जलस्रोतको अध्ययन, अनुसन्धान, बहुउद्देश्यीय उपयोग, विकास, व्यवस्थापन, नियमन र संरक्षणलाई नीतिले उच्च प्राथमिकतामा राखेको छ । नीतिले राष्ट्रिय जलउपयोगको बहुआयामिक आवश्यकताहरूको सहज आपूर्तिका लागि समुचित प्रयोग गर्ने, जलस्रोतको बहुआयामिक तथा समन्यायिक विकास र उपयोग गरी राष्ट्रिय उत्पादन वृद्धिमा योगदान पु¥याउने लक्ष्य लिएको छ ।

साथै, जलस्रोत क्षेत्रको संरक्षण र नियमन गर्दा अध्ययन, अनुसन्धान, तथ्य एवं प्रमाणका आधारमा गर्ने व्यवस्थालाई संस्थागत गर्ने, संघ प्रदेश र स्थानीय तहको समन्वयमा जलस्रोतको संरक्षण, विकास तथा उपयोग हुने व्यवस्था पनि नीतिमा छ ।

नदी बेसिनहरूमा जलविद्युत्, सिँचाइ, खानेपानी, उद्योग, पर्यटन, मत्स्यपालन, जल यातायातजस्ता जलस्रोत उपयोगका लागि निर्माण भइसकेका र भविष्यमा निर्माण हुने योजनाहरू नदी बेसिन योजना तथा जलस्रोतसम्बन्धी क्षेत्रगत गुरुयोजनाअनुसार सम्बद्ध क्षेत्रका निकायहरूमार्पmत निर्माण र व्यवस्थापन गरिने बताइएको छ । नदी बेसिन गुरुयोजनालाई हरेक १० वर्षमा अद्यावधिक गरिने पनि मन्त्रालयको भनाइ छ ।

नागरिकको आवश्यकता परिपूर्तिका लागि आवश्यक पर्ने जलस्रोतजन्य सेवासुविधा सहज, सुलभ, सुपथ र समन्यायिक बनाइने नीति छ । साथै, जलस्रोत क्षेत्रको विकास गर्ने, आर्थिक, सामाजिक तथा वातावरणीय क्षेत्रमा पर्न सक्ने नकारात्मक प्रभाव न्यून हुने गरी जलस्रोतको विकास र उपयोगको व्यवस्था मिलाउने र जल उत्पन्न विपद्को न्यूनीकरण एवं प्रभावकारी व्यवस्थापन गरी क्षति न्यूनीकरण गर्ने पनि नीतिको लक्ष्य रहेको छ ।

आवश्यकताअनुसार जलस्रोतको उपयोग, विकास, व्यवस्थापन तथा संरक्षणका लागि प्रदेश तथा स्थानीय तहमा समेत निकायहरू स्थापना गर्न सकिने बाटो नीतिले खोलिदिएको छ ।

मुलुकमा उपलब्ध तातोपानीका मूलहरूको पहिचान गरी त्यसको बहुउद्देश्यीय उपयोग गर्ने विषय पनि नीतिमा उल्लेख गरिएको मन्त्रालयको भनाइ छ । प्रमुख नदीहरूबाट जल यातायातका माध्यमबाट समुद्रसम्म पहुँचको व्यवस्था गर्न छिमेकी मुलुकहरूसँगको सहकार्यमा नीतिले जोड दिएको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस ३ शुक्रवार ०७:४७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...