back
NMB ad

ताप्लेजुङका किसान अलैंची बिकास बोर्डको माग गर्दै काठमाडौंमा

Kumari bank ad

काठमाडौं । अलैंची विकास बोर्ड गठन गर्न सरकारलाई दवाव दिनका लागि ताप्लेजुङका अलैंची कृषकहरु काठमाडौ आएका छन् ।

अलैंचीमा लागेका रोगको रोकथाम गर्न तथा उत्पादन बढाउनका लागि जिल्ला कृषि विकास कार्यालयले चासो नदेखाएपछि अलैंची विकास बोर्ड गठनको माग गर्दै ताप्लेजुङका कृषकहरु काठमाडौ आएका हुन् ।

उनीहरुले आइतबार कृषि विकास मन्त्री हरिबोल गजुरेल, कृषि विकास मन्त्रालयका सचिव उत्तमकुमार भट्टराई, नेकपा एमालेका सचिव योगेश भट्टराई, एमालेकै प्रमुख सचेतक भानुभक्त ढकाल, नेपाली कांग्रेसका सांसद् रामहरि खतिवडा लगायतको उपस्थितिमा अलैंची विकास बोर्ड गठनको औचित्य सम्बन्धमा काठमाडौमा गोष्ठी गरेका छन् ।

उनीहरुले अलैंची खेतीमा गानो कुहिने, ढुसी पर्ने, पात डढ्ने लगायतका समस्या बढेको र त्यसका कारण कृषकहरुको बगान नै सखाप हुँदा पनि कृषि विकास कार्यालयले बेवास्ता गरेको भन्दै अलैंची सम्बन्धी सबै किसिमका समस्याको समाधानका लागि अलैंची विकास बोर्ड गठन गरिनुपर्ने माग गरे ।

कृषि विकास मन्त्री हरिबोल गजुरेलले अलैंची विकास बोर्ड गठन गर्नुपर्ने कृषकहरुको मागका सम्बन्धमा सरकार गम्भीर रहेको बताए । उनले अलैंची सम्बन्धी विभिन्न प्राविधिक विषय र अन्य समितिहरुका प्रभावकारीता अध्ययन गरेर सरकारले बोर्ड गठन गर्ने आश्वासन दिए ।

नेपालका विभिन्न ३७ जिल्लामा अलैंची खेती विस्तार भएकामा ताप्लेजुङलाई अलैंचीको राजधानी मानिन्छ । प्रतिकेजी २ हजार रुपैयाँ पर्ने अलैंची सबैभन्दा धेरै विदेशी मुद्रा आर्जन गर्ने कृषिजन्य वस्तुको सूचीमा पर्छ । नेपालबाट वर्षेनि ५ हजार मेट्रिक टन भन्दा बढी अलैंची निर्यात हुने गरेको छ ।

प्रकाशितः २०७३ जेठ ९

वि.सं.२०७३ जेठ ९ आइतवार १५:५८ मा प्रकाशित

You can share this post!

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

आज विश्व प्रेस स्वतन्त्रता दिवस, नेपालसहित विश्वभर मनाइदै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४९

काठमाडौँ, २१ वैशाख: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस,...

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

अप्रिलमा नेपाल भित्रने पर्यटकको संख्या १२.७५ प्रतिशतले वृद्धि, कुन देशबाट कति आए ?

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:४४

काठमाडौँ :  नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले...

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...