back
NMB ad

कोरोनाका कारण चुनाव खर्च बढ्ने आकलन

Kumari bank ad

काठमाडौं । सरकारले प्रतिनिधिसभा विघटन गरेर आगामी वैशाख १७ र २७ मा निर्वाचन गर्ने घोषणा गरेपछि निर्वाचन आयोगले यसको तयारी थालेको छ ।

आयोगले कोरोना महामारीका कारण स्वास्थ्य सतर्कता अपनाउँदा यसपटक निर्वाचनमा बढी खर्च लाग्ने प्रारम्भिक निष्कर्ष निकालेको छ । यद्यपि प्रतिनिधिसभा विघटनका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन परेकाले निर्वाचन हुने नहुने निश्चित भने छैन ।

आयोगका अनुसार सरकारले घोषणा गरेको मितिमा निर्वाचन सम्पन्न गर्नेबारे अधिकारीहरू अहिले दिनहुँजसो छलफलमा जुट्ने गरेका छन् । आयोगमा भइरहेका छलफलमा यसपालिको मध्यावधि चुनाव खर्चिलो हुने प्रारम्भिक निष्कर्ष निकालिएको हो ।

आगामी वैशाख १७ र २७ मा प्रतिनिधिसभाको निर्वाचन गर्न सकिने तर पहिलेको तुलनामा चुनाव खर्चिलो हुने देखिएको आयोगका अधिकारीहरूले बताए ।

निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले चुनाव खर्चिलो हुनुको मुख्य कारण कोरोना महामारी र मूल्यवृद्धि भएको बताए । प्रतिनिधिसभाको चुनाव गर्नुअघि आयोगमा हुने दलीय छलफलदेखि मतदानरमतगणनासम्ममा कोरोनाबाट बच्न उच्च सुरक्षा सतर्कता अपनाउनुपर्दा चुनाव खर्चिलो हुने निष्कर्ष आयोगले निकालेको उनको भनाइ छ ।

उनका अनुसार निर्वाचन आयोगले महामारीकै बीचमा दलीय छलफल गर्दा सोहीअनुरूपको कोरोना महामारीबाट बच्न सुरक्षा मापदण्ड अपनाउँदा खर्च बढ्नेछ भने मतदान, मतगणना केन्द्रहरूमा समेत कोरोना सुरक्षा मापदण्ड अपनाउँदा खर्च बढ्ने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

वि.सं.२०७७ पुस १० शुक्रवार ०८:२१ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...