back
NMB ad

धमाधम बन्न थाले स्थानीय तहका भवन

Kumari bank ad

काठमाडौं । न्यूनतम सुविधासहितको प्रशासनिक भवन नभएका स्थानीय तहले धमाधम नयाँ प्रशासनिक भवन बनाइरहेका छन् । कतिपय स्थानीय तहका प्रशासनिक भवन निर्माण सम्पन्न भइसकेका छन् भने अधिकांश निर्माणाधीन अवस्थामा छन् ।

सरकारले दुई वर्षअघि आफ्नो नीति, कार्यक्रम र बजेटमै तीन वर्षभित्र सबै स्थानीय तहको प्रशासनिक भवन निर्माण सम्पन्न गरिसक्ने घोषणा गरेको थियो । सोही घोषणाअनुसार अहिले स्थानीय तहमा प्रशासनिक भवन निर्माण कार्यलाई तीव्रता दिएको हो ।

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिले प्रशासनिक भवन निर्माण कार्यलाई उच्च प्राथमिकता दिएर निर्माण गरिरहेका छन् । पुराना ५८ नगरपालिकामध्ये ४२ वटाको मात्र आफ्नै प्रशासनिक भवन थिए भने बाँकी ७११ वटा गाउँपालिका र नगरपालिकाको प्रशासनिक भवन नभएको गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र नेपाल नगरपालिका सङ्घले जनाएका छन् ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये ७११ वटा स्थानीय तहको प्रशासनिक भवन निर्माण गर्नुपर्ने छ ।

छ हजार ७४२ वटा वडा कार्यालयमध्ये छ हजार वडा कार्यालयको प्रशासनिक भवन निर्माण गर्नुपर्ने जनाइएको छ । जिल्ला समन्वय समितिको नाममा रहेको कोषको रकमबाट गाउँपालिका, नगरपालिका र वडा कार्यालयका भवन निर्माण भइरहेका हुन् ।

सोलुखुम्बुको थुलुङ दूधकोसी गाउँपालिकाका अध्यक्ष अशिम राईले स्थानीय तहको निर्वाचन भएको छ महिनामै गाउँपालिकाको आफ्नै स्रोतबाट प्रशासनिक भवन निर्माण गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “स्थानीयको सहयोगमा २० रोपनी जमिन गाउँपालिकाकै नाममा गरी दुई करोड ५० लाख रुपियाँको लागतमा प्रशासनिक भवन निर्माण गरेको हो, प्रशासनिक भवन निर्माण भएपछि अहिले सेवा प्रवाहमा कुनै समस्या छैन ।” जिल्ला समन्वय समितिको कोषबाट प्रदान गरिने रकमबाट भने गाउँपालिकाले पाँचवटा वडा कार्यालय भवन निर्माण गर्न लागेको छ ।गोरखापत्र दैनिकबाट

वि.सं.२०७७ पुस १२ आइतवार ०८:०४ मा प्रकाशित

You can share this post!

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

गोरखाकी फुञ्जो लामाको नाममा छिटो सगरमाथा आरोहणको कीर्तिमान   

वि.सं.२०८१ जेठ १० बिहीवार २१:००

काठमाडौँ, १० जेठ : नेपाली महिला आरोही फुञ्जो झङ्मु लामाले...

बाघको आक्रमणबाट महिलाको मृत्यु   

बाघको आक्रमणबाट महिलाको मृत्यु   

वि.सं.२०८१ जेठ १० बिहीवार १८:०५

गुलरिया (बर्दिया), १० जेठ : बर्दियामा बाघको आक्रमणबाट आज एक...

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

जलवायुमैत्री लगानी विस्तारका लागि अन्तर्राष्ट्रिय समुदायलाई अध्यक्ष ढकालको आग्रह   

वि.सं.२०८१ जेठ १० बिहीवार १७:११

काठमाडौँ, १० जेठ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद...

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

चीनको विद्युत उत्पादन क्षमता १४.१ प्रतिशतले वृद्धि   

वि.सं.२०८१ जेठ १० बिहीवार १६:३९

बेइजिङ, १० जेठ : चीनको कुल स्थापित उर्जा उत्पादन क्षमता...

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

भास्कर आई केयर एण्ड ग्लौकोमा सेन्टर प्रा लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

वि.सं.२०८१ जेठ १० बिहीवार १६:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई बिराटनगर–७,मोरङ्ग स्थित...

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

जहाजले ठक्कर दिँदा कर्मचारी घाइते   

वि.सं.२०८१ जेठ १० बिहीवार १४:५०

मुगु, १० जेठ : मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा...