back
NMB ad

कोरोना बीमाको भुक्तानीका लागि साढे २ अर्ब खर्च

Kumari bank ad

काठमाडौं । कोरोना बीमाको मागदाबी भुक्तानीका लागि साढे २ अर्ब खर्च भएको छ ।

पुस मसान्तसम्म बीमा पुल व्यवस्थापकले बीमितलाई २ अर्ब ४६ करोड २७ लाख ७५ हजार रुपैयाँ भुक्तानी गरेको बीमा समितिले जनाएको छ । समितिका अनुसार यो रकम २५ हजार ३ सय १३ जनाले पाएका छन् ।

हालसम्म ५१ हजार ७ सय १७ जनाले भुक्तानीका लागि मागदाबी गरेका छन् । त्यसमध्ये हालसम्म आधा भन्दा कम बीमितले मात्रै भुक्तानी पाउँदा सो बराबरको रकम खर्च भएको हो । कुल मागदाबी र भुक्तानीको आधारमा सो बीमाका लागि ५ अर्बभन्दा बढी खर्च लाग्ने देखिएको छ ।

कोरोना बीमाकोे भुक्तानीका लागि करिब ४ अर्बसम्मको भुक्तानी मात्रै सरकारको अनुदानबिना सम्भव हुन्छ । २० वटा निर्जीवन बीमा कम्पनी र नेपाल पुनर्बीमा कम्पनी समेत गरी यो बीमाको भुक्तानीका लागि २ अर्ब रुपैयाँ जुटाउने सहमति गरिएको थियो ।

यो रकम संकलित प्रिमियम रकम समेतको हो । हालसम्म यो सबै भुक्तानी भइसकेको छ । महाविपत्ति कोषमा भएको रकम समेत खर्च भएर सकिने अवस्थामा पुगेको छ ।

भुक्तानीका लागि अब सरकारको भर !

कोरोना बीमाको दाबी भुक्तानीका लागि निजी क्षेत्रबाट प्राप्त हुने स्रोत सकिने चरणमा पुगिसकेको छ । अब गर्ने भुक्तानीका लागि सरकारी स्रोतकै प्रयोग गर्नुपर्ने अवस्था देखिएको छ ।

पहिलो १ अर्बका लागि बीमा समितिले बीमा कम्पनीले बीमा शुल्कबापत संकलन गरेको रकमको रोयल्टीस्वरुप जम्मा भएको कोषबाट खर्च गर्ने व्यवस्था गरेको छ ।

यो रकम समेत गरी पौने ४ अर्ब रुपैंया बराबरको रकम जुट्ने बीमा समितिको अनुमान छ । अहिलेको मागदाबी अनुसार त्यति रकमले पुग्ने अवस्था नभएकोले दाबी भुक्तानीका लागि सरकारकै भर पर्नुपर्ने अवस्था आएको छ ।

वि.सं.२०७७ माघ १ बिहीवार १३:४७ मा प्रकाशित

You can share this post!

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

घट्यो पेट्रोलियम पदार्थको मूल्य, प्रतिलिटर कुनको कति ?

वि.सं.२०८१ जेठ २ बुधवार २०:१८

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको...

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन   

वि.सं.२०८१ जेठ २ बुधवार १८:२३

काठमाडौँ, २ जेठः अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको...

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

महालक्ष्मी विकास बैंकद्वारा छात्रवृत्ति वितरणका लागि आर्थिक सहयोग

वि.सं.२०८१ जेठ २ बुधवार १८:१९

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले शिक्षाको पँहुचबाट पिछडिएका बालबालिकाहरुलाई...

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

हृदयाघातबाट हरेक दिन १० हजार युरोपेलीको मृत्यु   

वि.सं.२०८१ जेठ २ बुधवार १८:०९

कोपेनहेगन, २ जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले युरोपमा...

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ  

वि.सं.२०८१ जेठ २ बुधवार १८:०२

काठमाडौँ, २ जेठ: भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका...

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

लाङटाङ हिमाल आधार शिविर र पदमार्ग सरसफाई जुट्यो पर्यटन संगठन यूनिट्राभ

वि.सं.२०८१ जेठ २ बुधवार १७:५१

काठमाडौं । पर्यटन श्रमिकहरुको सबैभन्दा ठूलो संस्था नेपाल ट्रेकिङ, ट्राभल्स,...