back
NMB ad

सातामा ७ अर्बको सेयर कारोबार

Kumari bank ad

काठमाण्डौं ।  यो साता नेपाल स्टक एक्सचेन्जमा ७ अर्ब १४ करोड ९४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। १४७ कम्पनीहरुको १ करोड ४६ लाख ७० हजार ३  सय ९० कित्ता सेयरहरु खरिद बिक्री भएका छन्।

कारोबार रकम गत साताको भन्दा ६६.७५ प्रतिशत बढि हो। गत साता १५३ कम्पनीहरुको ४  अर्ब २९ करोड ३७ लाख ५५ हजार रुपैयाँ बराबरका ६९ लाख ६१ हजार पाँच सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए।

साताभर १५ अंकले बजार उक्लिएको छ। पहिलो दिन आइतबार १५ सय ९ अंकमा रहेको परिसूचक कारोबारको अन्तिम दिन बिहिबार १५ सय २५ अंकमा कायम भएको छ।

समूहगत रुपमा हेर्दा होटल, उत्पादन र अन्य समूह ओर्लिए भने बाँकी समूहहरु बढेका छन्। होटल ५५, उत्पादनमूलक ३० र अन्य समूह १० अंकले झरेका छन्। बिमा समूह २२५ अंकले बढेको छ भने जलविद्युत समूह १७, वाणिज्य बैंक समूह ५, विकास बैंक समूह ५९ तथा फाइनान्स समूह ४ अंकले बढेको छ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पहिलो दिनको तुलनामा ३.३५ अंकले बढेर ३२९।९८ अंकमा आईपुगेको छ।

यस साता कारोबार रकमका आधारमा नेपाल बंगलादेश बैंक अग्रस्थानमा रह्यो। उसको ४२ करोड ५५ लाख रुपैयाँको सेयर कारोबार भयो।

उच्च कारोबारका आधारमा दोस्रोमा रहेको नेपाल लाइफ इन्स्योरेन्सको २७ करोड ४७ लाख, तेस्रोमा रहेको शिखर इन्स्योरेन्सको २५ करोड, हिमालयन जनरल इन्स्योरेन्सको २४ करोड ६२ लाख तथा नेपाल बैंकको २३ करोड ७३ लाख रुपैयाँको सेयर कारोबार भयो।

त्यसैगरी कारोबार भएको सेयर संख्याको आधारमा आधारमा सिद्धार्थ इक्विटी ओरीएन्टेड स्किम अग्रस्थानमा रहेको छ ।

प्रकाशितः २०७३ जेठ १५

वि.सं.२०७३ जेठ १५ शनिवार १२:३५ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...