back
NMB ad

देवदहमा बन्ने भो हाइवे इमर्जेन्सी रेस्पोन्स सेन्टर

Kumari bank ad

काठमाडौ  । रुपन्देहीको देवदहमा हाइवे इमर्जेन्सी रेस्पोन्स सेन्टर बन्ने भएको छ । उक्त सेन्टर निर्माणका लागि बुटवलस्थित सुरक्षित यात्रा अभियान नेपाललाई नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) ले सहयोग रकम हस्तान्तरण गरेको छ ।
एक कार्यक्रमका बीच नासाका अध्यक्ष दशरथ रिसाल र सुरक्षित यात्रा अभियानका महासचिव दिनेश पाण्डेले सो सहयोग सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सोही कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्की सदस्य यमकुमारी गुरुङले सहयोग वापतको २ लाख रकमको अभियानका महासचिव पाण्डेलाई हस्तान्तरण गरिन् ।
उक्त अवसरमा सुरक्षित यात्रा अभियानले स्थानीय संघ संस्था, व्यावसायिक प्रतिष्ठान र सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा देवदहमा आगामी ६ महिनाभित्र रेस्पोन्स सेन्टर निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरेको छ । रेस्पोन्स सेन्टरमा दुर्घटनामा परेकाहरुलाई आकस्मिक उद्धार गरिने छ । यसका लागि सो क्षेत्रका युवाहरुलाई आकस्मिक उद्धार सम्बन्धी तालिम, स्थानीय सरकारी तथा गैरसरकारी निकायहरुसँग यसका लागि आवश्यक समन्वय एवं अन्य कार्य गर्नेछ ।
नासाले एफआईए सोलिडारिटी फन्ड अन्तर्गत सो सहयोग गरेको हो ।
भनिन्छ, दुर्घटनालाई रोक्न सकिदैन तर समयमै ध्यान पुर्याउने हो भने दुर्घटनाबाट हुने क्षति र हताहतीलाई रोक्न सकिन्छ । यही मान्यतामा रहेर नेपालका केही राजमार्गमा हाइवे इमर्जेन्सी रेन्सपोन्स सेन्टर निर्माण गरिदैछ ।

१५ जेठ २०७३

वि.सं.२०७३ जेठ १५ शनिवार १४:२० मा प्रकाशित

You can share this post!

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी प्रदेशमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२२

काठमाडौँ, १८ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

श्रमिकको अवस्था सन्तोषजनक छैन : श्रम मन्त्री अर्याल   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:३७

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले श्रमसम्बन्धी...

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

लगानी सम्मेलन : यी हुन् सम्पन्न भएका महत्वपूर्ण सम्झौता   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:२२

हेमन्त जोशी  काठमाडौँ : सोमबार यहाँ सम्पन्न दुईदिने लगानी सम्मेलनका...

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

इलाम – २ मा नेकपा (एमाले)का नेम्वाङ विजयी   

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:१२

फिक्कल (इलाम), १८ वैशाख: प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर– २ मा...

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

आज १८ बैशाख २०८१ मंगलवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०६:०५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...