back
NMB ad

आयात घट्दा भन्सार राजश्व प्रभावित

Kumari bank ad

पर्सा । तेस्रो मुलुकबाट आयात हुने अधिकांश वस्तुको आयात घट्दा वीरगञ्ज भन्सार कार्यालयको राजश्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७ को पहिलो ६ महिनाको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ११ दशमलव ९२ प्रतिशत आयात कम भएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा पहिलो ६ महिनामा दुई खर्ब ३८ अर्ब ८५ करोड ९८ लाख ३२ हजार मूल्य बराबरको सामान आयात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा दुई खर्ब १० अर्ब ३८ करोड ९ लाख ४७ हजारको मूल्य बराबरका सामान मात्र आयात भएको छ ।

यसैगरी चालू आर्थिक वर्षको पुस महिनासम्ममा निर्याततर्फ ६ दशमलव १ प्रतिशतले राजश्व वृद्धि भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १८ अर्ब ४१ करोड ५१ लाख ९१ हजार मूल्य बराबरको सामान निर्यात भएको थियो भने चालू आर्थिक वर्षको सोही अवधिमा १९ अर्ब ९३ करोड ९० लाख ९७ हजार मूल्य बराबरको मालवस्तु भारत तर्फ निर्यात भएको छ ।

चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा २० अर्ब २५ करोड ७८ लाख ५६ हजार राजश्व उठाउने लक्ष्य राखिएकोमा ७५ दशमलव ९९ प्रतिशत अर्थात १५ अर्ब ३९ करोड ४४ लाख ९४ हजार राजश्व उठेको छ ।

समग्रमा चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ८५ अर्ब ५१ करोड ३४ लाख १९ हजार राजश्व उठाउनुपर्नेमा ८६ दशमलव ०२ प्रतिशत अर्थात ७३ अर्ब ५५ करोड ४४ लाख १२ हजार मात्र राजश्व उठाउन सकेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । यो लक्ष्यको तुलनामा १३ दशमलव ९८ प्रतिशत कम राजश्व उठेको हो ।

यो नाका भएर मुख्य रुपमा इन्धन, सवारीसाधन, औद्योगिक कच्चापदार्थ भित्रिएको छ । कच्चा पदार्थमा भटमासको कच्चा तेल, कोइला, सुर्ती, एचआरसिट, बिलेटलगायतका वस्तु आयात भएको वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले बताए ।

गतवर्ष यो नाकाबाट आउने पाम आयल निकासीमा भारत सरकारले रोक लगाएपछि राजश्व वृद्धिमा कमी आएको देखिन्छ । पाम आयलमा प्रतिबन्ध लगाएपछि व्यापारीले भटमासको प्रशोधित तेल निकासीमा जोड दिएका छन् । यो नाकाबाट जुस, कपडा, दन्तमञ्जन, सेन्थेटिक यार्न, जुत्ता, गलैँचालगायतका वस्तु निकासी भएका छन् ।

वि.सं.२०७७ माघ १५ बिहीवार १६:०० मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...