back
NMB ad

उद्योगी, व्यवसायीलाई प्रधानमन्त्रीको सुझावः इनर्जी ड्रिङकको नाममा नक्कली धमिलो पानी आयात नगर्नु

Kumari bank ad

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगी तथा व्यवसायीहरुलाई इनर्जी ड्रिङको नाममा नक्कली धमिलो पानी आयात नगर्न सुझाव दिनु भएको छ ।

नेपाल उद्योग परिसंघ (सिएनआई)ले सञ्चालन गरेको ‘मेक इन नेपाल–स्वदेशी अभियान’को उद्घाटन तथा लोगो सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले यस्तो बताउनु भएको हो ।

‘इनर्जी ड्रिङको नाममा नक्कली विदेशबाट पानी किन आयात गर्नु भएको ’ ओलीले भन्नुभयो ‘अब विदेशबाट नक्कली पानी नल्याउनु, यही उत्पादन गर्नु, यही रोजगारी बढाउनु ।’ आफ्नै देशमा उत्पादन गर्ने हो बंगलादेश, अष्ट्रेलियाबाट आयान गर्ने हो भन आफ्नै देशको पानी खान पाइने र विदेशी धमिलो पानी किन्न नपर्ने उहाँको भनाइ छ । विदेशबाट अब कच्चापदार्थ मात्रै ल्याउनु पर्ने उहाँको तर्क छ ।

‘नेपालमा सुपरमार्केट छ, उपभोक्ता छन्’ उहाँले भन्नुभयो, ‘सामान आयात विदेशबाट बढी भइरहेको छ, नेपालमा चाहिने बस्तु किन्ने भन्दा सपिङ गर्नेको आतंक बढेर यो सबै भएको हो ।’ सरकारले आयातलाई प्रोत्साहन नगर्ने र बेसाएर खानु व्यापार नहुने भन्दै व्यापार गर्ने नै हा भने उत्पादन गरेर बेच्नुपर्ने उहाँको तर्क छ ।

कार्यक्रममा ओलीले आफ्नो उत्पादनको उत्पादकत्व वृद्धि, त्यसको प्रयोग र त्यसलाई ब्रान्डको रुपमा प्रयोग गर्न, गुणस्तर, मूल्यमा प्रतिस्पर्धा गर्न र क्षमता बढाएर अघि बढ्न सुझाव दिनुभयो । यसले देशलाई नयाँ गतिको साथ अघि बढ्न सहयोग गर्ने उहाँको भनाइ छ ।
स्वदेशी तथा विदेशी जसले नेपालमा लगानी गरेको भएपनि लगानीको लागि सुरक्षाको चिन्ता नलिन समेत उहाँले आग्रह गर्नुभएको छ ।
सरकारले बाटो बनाउने, भौतिक पूर्वाधार तयार पर्ने काम गरेको छ भन्दै अब लगानीलाई बढाउन तर्फ लाग्न सबैलाई आग्रह गर्नुभएको छ ।

लगानीका नयाँ क्षेत्र रहेको, लगानी सप्ताहको रुपमा नै औद्योगीक क्षेत्र उद्घाटन गरेको स्मरण गराउँदै ८ वटा औद्योगीक क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ । ९ सय देखि २१ सय विगाहा क्षेत्रफलमा ८ वटा औद्योगीक क्षेत्र रहेको र उक्त क्षेत्रमा बाटो, यातायात सबै पुगेको उहाँको भनाइ छ । मेक इन नेपालको अभियान पुरा गर्न भौतिक पूर्वाधार, क्षेत्र, प्रविधि सबै तयार रहेको उहाँको भनाई छ ।

लगानीको लागि अनुकुल नीति चाहिने र त्यसको लागि आवश्यक ड्राफ्ट तयार पारेर छलफलका लागि ल्याउन आग्रह गर्नुभएको छ । ‘अनावश्यक कुरामा आदन लगाउने, अनावश्यक विज्ञापन गर्ने नगरौ’ उहाँले भन्नुभयो ‘ चुइगम नखाए, विदेशी बस्तु नलाए हुँदैन र इनर्जी ड्रिङस नपिए पनि हुने हो ।’

चाहिने र आवश्यक बस्तु उपभोग गर्न र अनावश्यक खर्च नगर्न सबैलाई आग्रह गर्नुभएको छ । ‘आधा मेक इन नेपाल हैन पूर्ण मेक इन नेपाल बनाउनुहोस’ ओलीले भन्नुभयो ‘सियो, धागो नेपालमा बन्दैन यो पनि नेपालमा नै उत्पादन होस, फेसनको लागि घडी लगाउने चलन छ, पछि यो पनि फेसनको रुपमा हुन्छ । लगाउने नै हो भने नेपाली राम्रो घडी उत्पादन गरौ । आयात प्रतिस्थापन गर्ने उद्योग नेपालमा खोलौ ।’

नेपालमा उद्योगले भन्दा बढी रोजगारी कृषि क्षेत्रले दिने भएपनि कृषिका समस्याले गर्दा अपेक्षाकृत रोजगारी सृजना गर्न नसकेको उहाँको तर्क छ । कृषिमा दुई तिहाइ भन्दा बढी मानिस आश्रीत भएपनि कृषि आधारित उद्योग नहुँदा समस्या भएको उहाँको तर्क छ ।

नेपालमा खाद्यय बस्तुको अभाव नभएपनि कतिपय मानिसलाई लामो सिताको भाग खान करोडौको चामल आयात गर्नुपरेको भन्दै यसलाई रोक्दै जानुपर्ने धारणा राख्नुभयो ।

कायृक्रममा उद्योग मन्त्री लेखराज भट्ट यो अभियानले देशको अर्थ व्यवस्थालाई माथी उठान धेरै नै सहयोग गर्ने बताउनु भयो । सरकार र नीति क्षेत्रबीच छलफल र सहकार्य भएको खण्डमा समस्या नआउने उहाँको तर्क छ ।

देशका विभिन्न क्षेत्रमा औद्योगीक क्षेत्रको शिलान्यास भएको र यसको कार्यान्वयनले देशलाई आर्थिक विकासमा मजबुत बनाउने धारणा राख्नुभयो ।

चालु आवमा ७० वटा औद्योगीक ग्राम अघि बढेको र यो आव भरिमा १३० वटालाई अघि बढाउने सरकारको योजना रहेको उहाँको भनाइ छ । सरकारले आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने उहाँको भनाइ छ । स्वदेशी उद्योगमा स्वेदशी कच्चा पदार्थ उपभोग बढाउनु पर्ने उहाँको भनाई छ ।

वि.सं.२०७७ फागुन २४ सोमवार १८:२१ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...