काठमाडौं । सेयर कारोबार सुरु भएलगत्तै सदैव जस्तै दुई वटा कम्पनीको कारोबारमा सर्किट लागेको छ भने थप एक कम्पनी पनि थपिएको छ ।
सेयर कारोबार सुरु भएलगत्तै चन्द्रागिरी हिल्स, किसान लघुवित्त वित्तिय संस्था र ग्रिन लाइफ इन्स्योरेन्सको कारोबारमा सकारात्मक सर्किट लागेको छ ।
चन्द्रागिरी हिल्सको सेयर प्रतिकित्ता १२९ रुपैयाँले बढेको छ । कम्पनीको सेयर ९.९८ प्रतिशतले बढेको छ ।
यता किसान लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य प्रतिकित्ता १५७ रुपैयाँले बढेर १७३१ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ९.९७ रुपैयाँले बढेको छ ।
यता ग्रिन लाइफ हाईड्रोपावर कम्पनीको सेयर पनि प्रति कित्ता ३९ रुपैयाँले बढेर ४३५ रुपैयाँ पुगेको छ ।
कम्पनीको सेयर मूल्य प्रति कित्ता ९.८५ प्रतिशतले बढेको छ । सबै कम्पनीको कारोबारमा सेयर बेच्ने भन्दा किन्नेको मात्रै भिड रहेको छ ।
वि.सं.२०७७ चैत ८ आइतवार ११:०८ मा प्रकाशित