back
NMB ad

बढ्यो नेपाली गहनाको माग : आठ महिनामा झण्डै १९ करोडको निर्यात, कुन देशमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा १८ करोड ९४ लाख ६४ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको भएको छ ।चालु आर्थिक वर्षकै सुरुवातदेखि नेपालबाट सुनका गरगहना निर्यात हुन थालेको हो ।

निर्यात सुरु भएको आठ महिनामा १८ करोड ९४ लाख ६४ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको हो । भंसार विभागले सार्वजनिक गरेको फागुनमसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

नेपालबाट अष्ट्रेलिया, हङकङ, अमेरिका लगायतका देशहरुमा सुनका गरगहनाको निर्यात हुने गरेको छ । यी देशहरुमध्ये सबैभन्दा बढी अमेरिकामा निर्यात भएको विभागले जनाएको छ । पछिल्लो आठ महिनासम्म अमेरिकामा १२ करोड २१ लाख ६१ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको छ ।

अमेरिकापछि अष्ट्रेलियामा बढी गहना निर्यात हुने गरेको तथ्याङ्कले देखाएको छ । फागुनमसान्तसम्ममा अष्ट्रेलियामा २ करोड १ लाख ६४ हजार रुपैयाँ बराबरको सुनका गहना निर्यात भएको छ ।

त्यसैगरि बढी गहना निर्यात हुने तेस्रो मुलुक हङकङमा पछिल्लो आठ महिनामा ४ करोड ७१ लाख ३९ हजार रुपैयाँ बराबरको गहना निर्यात भएको विभागले जनाएको छ ।

विभागका अनुसार पछिल्लो समयमा नेपालीहरुको बसोवास बढी भएका मुलुकहरुमा गहना निर्यात हुने गरेको छ । विशेषगरि ति देहरुमा नेपाली मौलिक गरगहनाको निर्यात भएको विभागले जनाएको छ ।

माघ महिनासम्म भने १५ करोड ६७ लाख ६९ हजार रुपैयाँ बराबरका गरगहना निर्यात भएको थियो । माघमसान्तदेखि फागुन अन्त्यसम्मको तुलनमा ३ करोड २६ लाख ९५ हजार रुपैयाँ गहना निर्यात बढेको विभागले जनाएको छ ।

चालु आर्थिक वर्षको पहिलो महिना (साउन) मा एक करोड ७३ लाख, भदौमा ८९ लाख, असोजमा २ करोड ४८ लाख, कात्तिक १ करोड ४२ लाख, मंसिरमा ४९ लाख, र माघ महिनामा ३ करोड ३० लाख रुपैयाँ बराबरको सुनका गरगहना निर्यात भएको विभागले जनाएको छ ।

वि.सं.२०७७ चैत ९ सोमवार १३:२६ मा प्रकाशित

You can share this post!

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटको १० मिलियन अमेरिकी डलर लगानी

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३५

काठमाडौं । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई...

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:३०

रञ्जिता अधिकारी देउखुरी (दाङ), १८ वैशाख : २०८१ वैशाख १६...

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

उपनिर्वाचनः पुराना दलमै भरोसा र नयाँको परीक्षण   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:१३

काठमाडौँ, १८ वैशाखः प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उपनिर्वाचनले प्रमुख दोस्रो...

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

सुहाङको यात्रा अधिवक्तादेखि सांसदसम्म   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १२:०८

रामकुमार लिम्बू फिक्कल (इलाम), १८ वैशाखः नेपाल कम्युनिष्ट पार्टी (एमाले)...

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...