back
NMB ad

२८ वर्षपछि धितोपत्र बोर्डको योजना पुरा हुँदै

Kumari bank ad

काठमाडौं । नेपाल धितोपत्र बोर्डको आफ्नै भवनमा बस्ने योजना २८ वर्ष पछि पुरा हुने भएको छ । यसअघि विभिन्न ठाँउमा भाडा तिरेर कार्यालय सञ्चालन गर्दै आएको बोर्ड अब केही समयमा नै आफ्नै भवनमा बस्ने भएको छ ।

त्यसको लागि अहिले जग्गा खरिदको अन्तिम चरणमा पुगेको छ । बोर्डका अधिकारीका अनुसार जिटुजी प्रकृयाबाट सहरी विकास प्राधिकरणको ७ रोपनी जग्गा किनेको छ । उक्त जग्गा नामसारी भएर बोर्डको नाममा आउने क्रममा रहेको छ ।

खरिद प्रकृयाको अन्तिम चरणमा रहेको जग्गा बोर्डको नाममा आएलगत्तै भवन निर्माण प्रकृया सुरु गर्ने बोर्ड स्रोतको भनाइ छ । स्रोतका अनुसार सम्भवत वर्तमान अध्यक्ष भिष्मराज ढुंगानाको कार्यकालमा नै भवन निर्माण सक्ने र आफ्नै भवनबाट काम कारबाही गर्ने तयारीमा बोर्ड रहेको छ ।

यसअघि पनि सेबोनले जग्गा तथा भवन नै किन्न खोजेको थियो । त्यो पुरा हुन सकेको थिएन । अहिले आएर बार्डको २८ वर्ष पुरानो आफ्नै भवनमा रहेर काम गर्ने योजना पुरा हुन लागेको हो ।

वि.सं.२०७७ चैत ३१ मंगलवार १६:४३ मा प्रकाशित

You can share this post!

रिडी पावरको लिलामी सेयर बाँडफाँड

रिडी पावरको लिलामी सेयर बाँडफाँड

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४७

काठमाडौं । रिडी पावर कम्पनीले लिलामीमा बिक्री गरेको सेयर बाँडफाँड...

भोलि सार्वजनिक विदा

भोलि सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:४०

काठमाडौं । सरकारले भोलि देशभर सार्वजनिक विदा दिएको छ ।...

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

नेपाल रेडक्रस सोसाइटी कास्कीलाई लुम्बिनी विकास बैंकको तर्फबाट प्रयोगशाला उपकरण हस्तान्तरण

वि.सं.२०८१ वैशाख १८ मंगलवार ११:२०

काठमाडौं । लुम्बिनी विकास बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

एलआईसी नेपालले लाभांश वितरण नगर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:५०

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी) नेपाल लिमिटेडले आर्थिक वर्ष...

यस्तो छ आजको सुनचाँदीको भाउ

यस्तो छ आजको सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४१

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउ स्थिर रहेको...

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

छुट्ला है, एक कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:२७

काठमाडौं । आज वैशाख १८ गते मंगलबार सीइडीबी हाइड्रोपावरको लाभांश...