back
NMB ad

बजेटमा पूर्व डेपुटी गभर्नर शिवाकोटीको सुझावः कृषि, पर्यटन र डिजिटल इकोनोमीलाई प्राथमिकता दिनु

Kumari bank ad

चिन्तामणि शिवाकोटी, पूर्व डेपुटी गभर्नर, नेपाल राष्ट्र बैङ्क

अहिले मुलुक कोरोना महामारीबाट गुुर्जिरहेको छ । कोरोनाबाट जनता र मुलुकको अर्थ व्यवस्थालाई जोगाउन आवश्यक र कठिन दुवै छ । यो बेला सरकार आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गरिरहेको छ । १५ गते आउने बजेटमा सरकारले स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकतामा राख्नुपर्छ ।

अहिले यसको विकल्प छैन । यो बेला सरकारले विकास निर्माणको कामलाई थाती राखेर भए पनि स्वास्थ्य सामग्रीको खरिद, अक्सिजन प्लान्ट बनाउन, अस्पताल, भेन्टिलेटर बनाउन ध्यान दिनु अति नै आवश्यक छ । सरकारले बजेट मार्फत स्वास्थ्यकर्मीलाई थप राहत दिने, सुरक्षाको थप प्रत्याभूति दिलाउने, गाउँ–गाउँमा स्वास्थ्यकर्मी जानको लागि बीमा, तलब भत्ता तथा अन्य सुविधामा आकर्षक प्याकेज ल्याउनु आवश्यक छ ।

स्वास्थ्य सामग्री निर्माणको लागि कुनै उद्योग खुल्ने हो भने उनीहरूलाई करमा छुट दिनुपर्छ । स्वास्थ्य सामग्री ल्याउँदा भन्सारमा छुट दिने व्यवस्था मिलाउन आवश्यक छ । यो बेला बजेटले बढी फोकस गर्ने भनेको स्वास्थ्य क्षेत्रलाई नै हो । हामीले भारतले गरेको नाकाबन्दीको समयमा भोगेको समस्या बिर्सेका छैनौ । अझै पनि त्यसबाट पाठ सिक्दै हामीले चीन तर्फका नाका खोल्नुपर्छ र चीनतर्फको व्यापारलाई गतिशील बनाउनु पर्ने थियो । यस विषयमा यो बिचमा उल्लेख्य काम हुन सकेन । उत्तरतर्फको ८, १० वटा नाका चाँडो भन्दा चाँडो खोल्नुपर्छ । त्यसको लागि आगामी आर्थिक वर्षको बजेटले पुरा नहुन सक्छ । तर काम पनि सुरु गर्नै पर्छ ।

उत्तरतर्फका नाका खोल्ने हो भने दूरगामी प्रभाव राख्ने खालका नाका तत्काल खोल्न आवश्यक छ । त्यसको लागि बजेट विनियोजन गर्ने र अन्य नाकालाई क्रमशः प्रक्रियामा लैजाने र कतिपय ठाउँमा जग्गा, कतिपय ठाउँमा ट्र्याक निकाल्ने, कतिपय ठाउँमा ग्राभेलिङ गर्दै अघि बढ्न सकिन्छ । तर सरकारले तत्कालै ३ वटा नाका खोल्नुपर्छ ।

अहिले चीन सरकारले अक्सिजन सिलिन्डर दिएको छ । त्यो तत्कालै ल्याउन निकै समस्या छ । त्यो भनेको बाटोका कारण हो । जहाजमा ल्याउँदा लागत बढ्छ । त्यसको असर जनतामा पर्न जान्छ । सरकारको राहत दिन सक्ने क्षमता छैन । यसको लागि सरकारसँग कुनै खालको कोष छैन । त्यसैले गर्दा पनि सरकारले आगामी आवको बजेटमा नाका खोल्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ र तत्काल नाका खोल्न तर्फ लाग्नुपर्छ ।

उत्तरतर्फका नाका खोल्ने हो भने दूरगामी प्रभाव राख्ने खालका नाका तत्काल खोल्न आवश्यक छ ।  सरकारले तत्कालै ३ वटा नाका खोल्नुपर्छ 

अहिले ग्यासका सिलिन्डर ल्याउनुपर्‍यो भने चीनबाट एलसी खोलेर कोलकत्ता भएर ल्याउँदा डेढ दुुइ महिना लाग्छ । त्यो बेलासम्म मानिसको हालत के होला ? त्यसैले पनि उत्तरी नाका खोल्नुको विकल्प छैन । बाटो भएको भए अहिले नै ल्याउने समस्या हुने थिएन । तातोपानी नाका सुचारु भए पनि बाटो साँघुरो छ । त्यसैले अन्य नाका खोल्न तथा विस्तार गर्न आवश्यक छ ।

डिजिटल इकोनोमी

आगामी आर्थिक वर्षको बजेट निर्माण गर्दा सरकारले डिजिटल इकोनोमीलाई प्रमोद गर्ने खालको प्याकेज ल्याउन आवश्यक छ । हामीले डिजिटल कारोबार गर्ने हो भने यस्तो सङ्क्रमण लगायतका समयमा राहत हुने रहेछ भन्ने महसुस गरिसिकेका छौँ । थोरै लागतमा बढी सेवा पाइन्छ । घरमै बसेर सबै सेवा लिन सकिन्छ । अब सरकारले यसको भौतिक पूर्वाधार र प्रविधिमा सुधार गर्न आवश्यक छ ।

नेपालमा इन्टरनेटको गति राम्रो नभएको कारण, नेटवर्क लगायतका कारण नयाँ प्रविधि अवलम्बन गरेको भए पनि त्यसलाई राम्रोसँग सदुपयोग गर्न सकिएको छैन । तर अब हामीले यसबाट लाभ लिन आवश्यक छ । फाइभ जीलाई बढी क्रियाशील बनाएको लागि सरकारले काम गर्न सकेको खण्डमा डिजिटल इकोनोमीलाई प्रभावकारी रूपमा अघि बढाउन सकिन्छ ।

अहिले ऋणीहरूले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सक्ने अवस्था छैन । लामो समय उद्योग, व्यापार, कलकारखाना सबै ठप्प छ । कसरी व्यापारीले भाडा तिर्ने, कसरी कर तिर्ने, कर्मचारीलाई तलब कसरी खुवाउने ?

अहिले ऋणीहरूले बैङ्क तथा वित्तीय संस्थाबाट लिएको कर्जा तिर्न सक्ने अवस्था छैन । लामो समय उद्योग, व्यापार, कलकारखाना सबै ठप्प छ । कसरी व्यापारीले भाडा तिर्ने, कसरी कर तिर्ने, कर्मचारीलाई तलब कसरी खुवाउने ? यसले गर्दा आगामी बजेटमा पुनकर्जामा सरकारको ध्यान जानु छ । सरकारले बजेटबाट नै पुनकर्जा थप गर्ने, जनतालाई पनि राहत दिन आवश्यक छ ।

कृषिमा बजेट

मुलुकले आत्मनिर्भर अर्थतन्त्रको नीति लिएको छ । जबसम्म कृषि र पर्यटनलाई जोड दिइँदैन तबसम्म त्यो नीति सम्भव छैन । नेपालमा बढी सम्भावना भएका क्षेत्र यही नै हो । यसको प्रवर्द्धन नगरी हुँदैन । कृषि, पर्यटन क्षेत्रले वैदेशिक रोजगारी रोक्छ । विप्रेषण तत्कालको लागि यो । दीर्घकालीन रूपमा यसले काम गर्दैन ।

यस्तो बेलामा सम्बन्धित देशमा नै के हुने हो थाहा छैन । विभिन्न देशमा रहेका नेपालीले पनि अहिले फरक फरक खालका समस्या भोगिरहेका छन् । दीर्घकालीन रूपमा जानको लागि कृषि र पर्यटनमा नै लगानी गर्नुपर्छ । अहिले तत्काल पर्यटन क्षेत्र खुल्ने सम्भावना छैन । आगामी आवको बजेटले कृषिको लागि धेरै काम गर्न सक्छ ।

सरकारले उत्पादनको आधारमा अनुदान दिने गर्नुपर्छ । पावरको आधारमा हैन । पैसा हुनेले मैले यति जग्गा किने अब कृषि गर्छु भन्नेलाई पुनकर्जा दिएर हुँदैन । सरकारले कुन कृषकले कति उत्पादन गर्छन्, कति बिक्री गर्न सक्छन्, कतिलाई रोजगारी दिएको छ त्यसको आधारमा राहत दिने हो

सरकारले उत्पादनको आधारमा अनुदान दिने गर्नुपर्छ । पावरको आधारमा हैन । पैसा हुनेले मैले यति जग्गा किने अब कृषि गर्छु भन्नेलाई पुनकर्जा दिएर हुँदैन । यस्ताले ५, १० वर्षमा जग्गाको दाम बढाउने मात्रै हुन् । पछि त्यही जग्गा बेच्नेहरूलाई राहत दिनुहुँदैन । सरकारले कुन कृषकले कति उत्पादन गर्छन्, कति बिक्री गर्न सक्छन्, कतिलाई रोजगारी दिएको छ त्यसको आधारमा राहत दिने हो भने मान्छेले बाध्य भएर काम गर्नेछन् । उसले नेपालीलाई नै दिने रोजगारी हेर्नुपर्छ ।

सरकारले तोकेको न्यूनतम ज्याला दिएको हुनुपर्छ । त्यस्तालाई अनुदान दिँदा राम्रो हुन्छ । गाउँ गाउँमा उत्पादन र बजारिकरण बलियो बनाउने हो भने काम गर्नको लागि कुनै पनि समस्या छैन । कोरोनाको महामारी भए पनि गाउँमा दुरी कायम गरेर कृषिको काम गर्न सकिन्छ । सरकारले मलमा पनि लगानी गर्नुपर्छ ।

नेपालमा मल उद्योग आवश्यक छ । अरू देशको भर परेर मलको समस्या समाधान भएन । आधुनिक कृषि उपकरणमा किसानलाई सरकारले राहत दिनुपर्छ । अबको कृषि धेरै मानिस मिलेर सहकारी तथा सामुुहिक मोडलमा पनि गर्न सक्छन् । जग्गा सङ्कलन गरेर जसले आधुनिक र वैज्ञानिक प्रणालीबाट कृषि गर्छ उसलाई अनुदान बढाउन सकिन्छ । सरकारले आगामी आवको बजेटमा यस्ता विषयमा बढी ध्यान दिन आवश्यक छ ।

(नेपाल राष्ट्र बैङ्कका पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीसँग अर्थतन्त्रले गरेको कुराकानीमा आधारित)

वि.सं.२०७८ जेठ १० सोमवार १४:४७ मा प्रकाशित

You can share this post!

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

दाङमा दुई महिलाको हत्या, एकजना पक्राउ   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५३

घोराही, २९ वैशाख: घोराही उपमहानगरपालिका–१० पहेलपारमा आज दिउँसो दुई महिलाको...

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

बजेट तथा कार्यक्रम तर्जुमा गर्न जुट्यो काठमाडौँ महानगरपालिका

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२७

काठमाडौँ, २९ वैशाख : काठमाडौँ महानगरपालिका आर्थिक वर्ष २०८१/८२ का...

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउन माग   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:२१

काठमाडौँ, २९ वैशाख : विद्यालय कर्मचारीलाई दरबन्दीमा कायम गराउने विषयमा...

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार १६:०२

बरहथवा (सर्लाही), २९ वैशाख : राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको...