back
NMB ad

कोरोना महामारीका कारण ५४ करोड बढीको सेनिटाइजर आयात : भारतबाट सबैभन्दा धेरै, अन्य देशबाट कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो १० महिनामा ५४ करोड २० लाख ६५ हजार रुपैयाँ बराबरको सेनिटाइजर आयात भएको छ ।

भन्सार विभागले सार्वजनिक गरेको वैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । विभागका अनुसार वैशाख मसान्तसम्म १ हजार ७१८ टन सेनिटाइजर नेपाल आयात भएको जनाएको छ ।

नेपालमा छिमेकी दुई मुलुकसहित एक दर्जनबढी देशहरुबाट सेनिटाइजर आयात हुने गरेको पाइएको छ । वैशाख मसान्तसम्म सबैभन्दा धेरै भारतबाट आयात भएको छ । उक्त अवधिमा भारतबाट मात्रै ३८ करोड ७८ लाख १० हजार रुपैयाँ बराबरको १ हजार ३५४ टन सेनिटाइजर आयात भएको छ ।

चीनबाट ११ करोड ५४ लाख ३६ हजार रुपैयाँ बराबरको २९९ टन सेनिटाइजर आयात भएको विभागले जनाएको छ । त्यसैगरि, यूएईबाट १ करोड ७६ लाख १५ हजार रुपैयाँ बराको २८ हजार ४१९ केजी सेनिटाइजर आयात भएको छ ।

यस्तै, भेटनामबाट ३० हजार २६९ केजी सेनिटाइजर आयात भएको छ । यो रकमा भने १ करोड ५३ लाख ३२ हजार रुपैयाँ बराबरको हो ।

बैशाख मसान्तसम्म कोरियाबाट ५ हजार ४ केजी अर्थात ३५ लाख ३ हजार रुपैयाँ बराबरको, बंगलदेशबाट ८ लाख ७९ हजार रुपैयाँ बराबरको १ हजार ८ केजी, मलेशियाबाट ११ लाख ६२ हजार १८० केजी सेनिटाइजर आयत भएको छ ।

यी लगायत नेपालमा इटली, जापान, न्युजरल्याण्ड, सिंगापुर, स्वीडेन र अन्य मुलुकहरुबाट सेनिटाइजर आयात भएको छ ।

वि.सं.२०७८ जेठ १० सोमवार १५:३७ मा प्रकाशित

You can share this post!

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ १४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा सामान्य सुधार...

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

यार्सा सिजन सुरु भएसँगै सुनसान भयो तातोपानी नाका   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:४९

चौतारा (सिन्धुपाल्चोक), १४ जेठः नेपाल–चीन सीमाको तातोपानी नाका यार्सागुम्बा सङ्कलनको...

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै     

वि.सं.२०८१ जेठ १४ सोमवार १४:३९

खोटाङ, १४ जेठ : जिल्लाको ऐँसेलुखर्क गाउँपालिका–३ बजारमा निर्माणाधीन १५...

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

ठमेलमा ‘हिमालयन लिटरेचर फेस्टिबल’ सुरु   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:१५

काठमाडौँ, १४ जेठ : सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा...

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

बागमती प्रदेशः मन्त्रिपरिषद्वारा नीति तथा कार्यक्रम स्वीकृत   

वि.सं.२०८१ जेठ १४ सोमवार १४:०५

मनहरी (मकवानपुर), १४ जेठः आज बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्...

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

थप ६८ लाख ४२ हजार सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ जेठ १४ सोमवार १३:५२

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सोमबार थप एक कम्पनीको...