back
NMB ad

६ वटा महानगरलाई संघले दिने १० अर्ब ९ करोड, पोखरापछि काठमाडौं, कुनले कति पाए बजेट ?

Kumari bank ad

काठमाडौं । केन्द्र सरकारले अन्तरसरकारी वित्तीय हस्तान्तरणअन्तर्गत आगामी आर्थिक वर्ष २०७८-७९ का लागि ६ वटा महानगरपालिकालाई १० अर्ब ९ करोड २८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

संघ सरकारबाट प्रदेश र स्थानीय तहमा उक्त रकम केन्द्र सरकारबाट गएको हो । जसमा पुँजी तर्फ १ अर्ब ८ करोड १ लाख रुपैयाँ र चालुतर्फ ९ अर्ब १ करोड २७ लाख रुपैयाँ रहेको छ ।

यस्तै समपुरक अनुदान तर्फ ३२ करोड १ लाख, समानिकरण तर्फ ३ अर्ब २४ करोड ९५ लाख, सशर्त तर्फ ६अर्ब ३२ करोड ११ लाख र विशेष अनुदान तर्फ २० करोड २१ लाख रुपैयाँ रहेको छ ।

आगामी आर्थिक वर्षको लागि संघबाट प्रदेश र स्थानिय तहमा जाने बजेटमा पहिलो पोरखा महानगरपालिका रहेको छ भने दोस्रोमा काठमाडौं महानगरपालिका देखिएको छ ।

पोखरा महानगरपालिका

पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड १६ लाख रुपैयाँको बजेट संघबाट पाएको छ । जसमा चालुतर्फ २  अर्ब १६ करोड ५० लाख र पुँजीगततर्फ ३९ करोड ६६ लाख रुपैयाँ रहेको छ । समानीकरणतर्फ ६१ करोड ९१ लाख, सशर्ततर्फ १ अर्ब ८९ करोड ६४ लाख र विशेष अनुदानतर्फ ३ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

काठमाडौं महानगरपालिका

काठमाडौं महानगरपालिकाले संघबाट २ अर्ब १ करोड ३७ लाख रुपैयाँ बजेट पाएको छ । जसमा चालु तर्फ १ खर्ब ९७ करोड ८१ लाख र पुँजी तर्फ ३ करोड ५६ लाख रुपैयाँ रहेको छ ।

यस्तै महानपरपालिकाले समानीकरण अनुदान तर्फ ७५ करोड २८ लाख र सशर्त अनुदान तर्फ १ अर्ब २६ करोड ९ लाख रुपैयाँ पाएको छ । विशेष र समपुरक अनुदान भने पाएको छैन ।

ललितपुर महानगरपालिका

ललितपुर महानगरपालिकाले संघबाट आगामी आर्थिक वर्षका लागि १ अर्ब २२ करोड ५४ लाख रुपैयाँको बजेट पाएको छ । जसममा चालुतर्फ १ अर्ब ८ करोड ३० लाख र पुँजीगततर्फ १४ करोड २४ लाख रुपैयाँ रहेको छ । यस्तै समानीकरण अनुदान बापत ५० करोड ७४ लाख, सशर्त अनुदान बापत ५८ करोड ९४ लाख, विशेषतर्फ २ करोड ४९ लाख र समपुरक अनुदान बापत १० करोड ३७ लाख रुपैयाँ रहेको छ ।

वीरगञ्ज महानरपालिका

वीरगञ्ज महानगरपालिकाले समानीकरणतर्फ ४६ करोड १ लाख, सशर्ततर्फ ७६ करोड ५१ लाख, विशेषअनुदानतर्फ ११ करोड ६२ लाख र समपूरकतर्फ ११ करोड २६ लाख रुपैयाँ गरी कुल १ अर्ब ४५ करोड ४० लाख रुपैयाँ बराबरको बजेट पाएको छ । जसमा चालुतर्फ १ अर्ब १८ करोड ५३ लाख र पुँजीगततर्फ २६ करोड ८७ लाख रुपैयाँ बराबर बजेट विनियोजन गरिएको छ ।

बिराटनगर महानगरपालिका

आगामी आवको लागि संघबाट बिराटनगर महानगरपालिकालाई १ अर्ब १९ करोड ५३ लाख रुपैयाँको बजेट गएको छ । जसमा चालुतर्फ १ अर्ब ४ करोड ३३ लाख र पुँजीगततर्फ १५ करोड २० लाख रुपैयाँ रहेको छ ।

महानगरपालिकाले संघबाट समानीकरण अनुदानबापत ४० करोड ४६ लाख, सशर्त अनुदान बापत ६८ करोड ६९ लाख र समपुरक अनुदान बापत १० करोड ३८ लाख रुपैयाँ पाएको छ ।

भरतपुर महानगरपालिका

भरतपुर महानगरपालिकाले संघबाट १ अर्ब ६४ करोड २८ लाख रुपैयाँ बजेट पाएको छ । जसमा चालुतर्फ १ अर्ब ५५ करोड ८० लाख र पुँजीगततर्फ ८ करोड ४८ लाख रुपैयाँको रहेको छ ।

आगामी आर्थिक वर्षका लागि संघबाट महानगरपालिकाले समानीकरण अनुदान बापत ४९ करोड ५५ लाख, सशर्त अनुदान बापत १ अर्ब १२ करोड २४ लाख र विशेष अनुदान बापत २ करोड ४९ लाख रुपैयाँ बजेट पाएको छ ।

वि.सं.२०७८ जेठ १७ सोमवार १३:३१ मा प्रकाशित

You can share this post!

नेपालीको औसत आयु ७१.३ वर्ष   

नेपालीको औसत आयु ७१.३ वर्ष   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:५८

काठमाडौँ, २३ वैशाख : राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु...

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

ज्येष्ठ नागरिकप्रतिको दायित्व कसैले बिर्सनुहुँदैन : मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४६

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले आगामी...

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन जना घाइते   

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:४०

काठमाडौँ, २३ वैशाख : काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा...

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...