back
NMB ad

सेयर बजारमा उछाल : कारोबार रकम पनि बढ्यो, पुनर्बीमा कम्पनीमा झुम्मिए लगानीकर्ता

Kumari bank ad

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा उछाल आएको छ । आज बजार २९.५५ अंकले बढेको छ । बजार परिसुचक पनि २८५६.६७ अंकको बिन्दुमा पुगेर बन्द भएको छ ।

बिहीवार कारोबार रकम पनि बढेको छ । उक्त दिन १६ अर्ब ९० करोड ७० लाख ७३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

आज व्यापार समूह ९.६८ अंक, जलविद्युत ६०.०३, निर्जीवन बीमा ११३.३ र अन्य १५.९१ अंकले घटेको छ भने अरु सबै हरियाली देखिएका छन् ।

बिहीवार बैंकिङ समूह ५०.२५ अंक, होटेल तथा पर्यटन ११७.११, डेभलपमेन्ट बैंक १४६.०२, फाइनान्स ६२.८५, उत्पादक तथा प्रशोधन ७१.२४, माइक्रोफाइनान्स ४०.३५, जीवन बीमा ५.१२, म्युचुअल फण्ड ०.१९ र लगानी समूह ०.०७ अंकले वृद्धि भएको छ ।

आज पनि नेपाल पुनर्बीमा कम्पनीको सबैभन्दा बढी सेयर कारोबार भएको छ । कम्पनीको १ अर्ब २ करोड ७० लाख २७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको छिमेकी लघुवित्त विकास बैंकको ६८ करोड १६ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

वि.सं.२०७८ जेठ २० बिहीवार १५:०४ मा प्रकाशित

You can share this post!

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड रुपैंया बराबर लगानी स्वीकृत   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:४६

काठमाडौँ, १७ वैशाख : तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत...

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

नेपाल–कोरिया दौत्य सम्बन्धको ५० वर्ष पूरा, काठमाडौंमा नेपाल कोरिया फ्रेन्डसीप एक्सपीडिसन कार्यक्रम

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:३२

काठमाडौं । नेपाल–कोरिया दौत्य सम्बन्धको स्वर्ण महोत्सवको अवसरमा काठमाण्डौमा नेपाल...

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

हाइड्रोलिक समस्या आएपछि सीता एयरको जहाज काठमाडौँमा आकस्मिक अवतरण   

वि.सं.२०८१ वैशाख १७ सोमवार १७:०३

काठमाडौँ, १७ वैशाख : रामेछापका लागि उडेको सीता एयरको जहाजमा...

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

विकास साझेदारले भने, नेपालमा लगानीको वातावरण बनेको छ

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:३६

काठमाडौँ । विकास साझेदार संस्थाहरुले नेपालमा लगानीको वातावरण बन्दै गएको...

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

महोत्तरीको जलेश्वर भन्सारबाट नौ महिनामा दुई अर्ब ३५ करोड राजश्व सङ्कलन   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२७

जनकपुर, १७ वैशाखः महोत्तरीको जलेश्वर भन्सार कार्यालयले नौ महिनामा रु...

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

लगानी सम्मेलनः रारामा रिसोर्ट निर्माण गर्न अस्ट्रेलियन लगानी भित्रियो   

वि.सं.२०८१ वैशाख १७ सोमवार १६:२२

काठमाडौँ, १७ वैशाख: मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका...