back
NMB ad

बागमती प्रदेशको प्राथमिकतामा रणनीतिक सडक: ३ अर्ब २५ करोड विनियोजन, अन्यमा कति ?

Kumari bank ad

काठमाडौं । बागमती प्रदेश सरकारले सडक तथा पुल पूर्वाधार विकास निर्माणलाई उच्च प्राथमिकतासाथ बजेट विनियोजन गरेको छ ।

बागमती प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रसाद ढुङ्गेलले मंगलबार प्रस्तुत गर्नुभएको बजेटमा प्रदेश गौरवका आयोजना र पूर्वाधार विकास निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो ।

उहाँका अनुसार प्रदेश गौरवको आयोजनाको रुपमा रहेको पोष्ट बहादुर बागेटी (भीमफेदी–कुलेखानी) सुरुङ मार्गको निर्माण कार्य आगामी आर्थिक वर्षमा सुरु गरिने बताउनुभयो । जसका लागि संघीय सरकारको सहलगानीमा निर्माण गर्ने गरि ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री ढुङ्गेलले बताउनुभयो ।

प्रदेश सरकारले प्रादेशिक लोकमार्ग कार्यक्रममा पुष्पलाल चक्रपथ अन्तर्गतका सडकहरुलाई प्राथमिकतामा राखी कार्यान्वयन गरिने नीतिलाई निरन्तरता दिँदै प्रादेशिक सडक आयोजनाहरुलाई कार्यान्वयन गर्न १ अर्ब २९ करोड बजेट विनियोजन गरेको हो । प्रदेशको मुख्य आर्थिक त था बजार केन्द्र, धार्मिक, ऐतिहासिक, पर्यटकीय, औद्योगिक तथा अन्य स्थहरु जोड्ने रणनीतिक सडक वा उपमार्ग(बाइपास) जस्ता आयोजनाका लागि ३ अर्ब २५ करोड बजेट छुट्याइएको छ ।

प्रदेश सरकाले आगामी आर्थिक वर्षमा मदन भण्डारी मार्ग (भैसे–भिमफेदी–कुलेखानी–सिस्नेरी– दक्षिणकाली) को ५३ किलोमिटर मध्ये भैँसे–भीमफेदी ११.५० किलोमिटर सडक दुई लेनमा स्तारोन्नति गर्ने कार्य सम्पन्न गर्ने लक्ष्य लिएको छ ।

कुलेखानीदेखि दक्षिणकालीसम्मको सडक आगामी आवमा सम्पन्न गर्न र बाँकी २१ किलोमिटर सडकको दुई लेनमा स्तारोन्नतीका लागि आवश्यक बजेट विनियोजन गरेको मन्त्री ढुङ्गेलले जानकारी गराउनुभयो ।

यस्तै, शहरी तथा स्थानीय सडक कार्यक्रममा १ अर्ब ८७ करोड रुपैयाँ, प्रादेशिक सडक पुल कार्यक्रम अन्तर्गत आगामी आर्थिक वर्षमा सडक पुल तथा झोलुंगे पुल निर्माणका लागि १ अर्ब २८ करोड रुपैयाँ विनियोजन गरेको छ ।

साथै सडक सौन्दर्यीकरण तथा भुक्षय नियन्त्रणका लागि बायो ईन्जिनियरिङ्ग प्रविधि प्रयोग गरिने र सडकमा हुने सवारी तथा पदयात्री दुर्घटना न्युनीकरणका लागि सुरक्षा संरचाहरु निर्माण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको मन्त्री ढुङ्गेलले जानकारी गराउनुभयो ।

वि.सं.२०७८ असार २ बुधवार १२:३० मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...