back
NMB ad

१० महिनामा ३५.३ % ले बढ्यो वैदेशिक सयहाता, कुन क्षेत्रमा कति ?

Kumari bank ad

काठमाडौं । चालु आर्थिक वर्ष २०७७-७८ को १० महिनासममा वैदेशिक सहायता प्रर्तवद्धता ३५.३ प्रतिशतले बढेको छ ।

अर्थ मन्त्रालयका अनुसार गत आवको सोही अवधिमा १ खर्ब ४९ अर्ब २० करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा आईपुग्दा ३५.३ प्रतिशतले बढेर २ खर्ब २ अर्ब २८ करोड रुपैयाँ पुगेको छ ।

उक्त प्रतिबद्धता मध्ये अनुदान सहायता १०.९, ऋण सहायता ८९.१ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो अनुपात १४.३ प्रतिशत र ८५.७ प्रतिशत रहेको थियो ।

यो १० महिनाको अवधिमा वैदेशिक सहायता प्रतिबद्धतामा द्धिपक्षीय र बुहपक्षीय सहायताको हिस्सा क्रमशः ४.७ र ९५.३ प्रतिशत रहेको छ । कुल वैदेशिक सहायतामा सडक क्षेत्रमा सबैभन्दा बढी २६.७, उर्जा क्षेत्रमा २२.९ र बजेटरी सहायतामा ११.७ प्रतिशत रहेको छ ।

वैशाख मसान्तसम्म १४ अर्ब ३३ करोड अनुदान र ६७ अर्ब १० करोड ऋण गरी ८१ अर्ब ४३ करोड वैदेशिक सहायता सरकारलाई प्राप्त भएको अर्थ मन्त्रालयको भनाई छ ।

वि.सं.२०७८ असार ६ आइतवार १४:२० मा प्रकाशित

You can share this post!

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

एनआइसी एशिया बैंकले भाखा नाघेका ऋणिहरुलाई ब्याजदरमा भारी छुट दिने

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:३०

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक...

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

शेयर निष्कासन प्रक्रिया रोकिँदा जलविद्युतका आयोजनाको काम प्रभावित   

वि.सं.२०८१ वैशाख २४ सोमवार २१:१३

काठमाडोँ, २४ वैशाख : प्राथमिक (आइपिओ) हकप्रद शेयर निष्कासनका लागि...

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार २०:२६

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,...

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...