back
NMB ad

२ सातामा ११ कम्पनीको साधारण र विशेष साधारणसभा हुँदै, कसको के छ प्रस्ताव ?

Kumari bank ad

काठमाडौं । चालु आर्थक वर्ष सकिन १५दिन बाँकी रहँदासम्म पनि अझै सम्म सूचिकृत कम्पनीहरुले साधारणसभा गर्न सकेका छैनन् ।

असार महिनामा मात्रै साधारणसभा गर्नको लागि भन्दै ११ कम्पनीले सूचना जारी गरेका छन् । जसमा केहीको विशेष साधारणसभा समेत रहेको छ । ११ वटा कम्पनीमा इन्फिनिटी लघुवित्त वित्तीय संस्थाले असार २१ गते विषेश साधारणसभा बोलाएको छ । बाँकी कम्पनीको साधारणसभा रहेको छ ।

इन्फिनिटीले नेपाल एग्रो लघुवित्तलाई प्राप्ति गर्नको लागि भन्दै विशेष साधारणभा बोलाएको हो । त्यसको लागि असार ८ गतेको लागि बुक क्लोज गरेको छ । यस्तै असार १८ गते नागरिक लगानी कोषले २६ औं साधारणसभा बोलाएको छ । कोषले आर्थिक वर्ष २०७६÷०७७ को मुनाफाबाट ९ प्रतिशत बोनस र कर प्रयोजनसहित ८.८९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । असार ८ गते नै बुक क्लोज गरिसकेको छ ।

नेपाल एग्रो लघुवित्तले असार २१ गते पाँचौ बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आव २०७६-०७७ मुनाफाबाट १४ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । साथै उक्त साधारणसभाले इन्फिनिटी लघुवित्तलाई प््राप्ति गर्ने प्रस्ताव गरेको छ । साधारणसभा प्रयोजनको लागि असार २१ गते नै बुक क्लोज रहेको छ ।

असार २१ गतेको लागि जनरल इन्स्योरेन्सले असार २१ गतेको लागि तेस्रो साधारणसभा बोलाएको छ । कम्पनीले लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव लागेको छ । यस्तै असार २३ गते सानिमा जनरल इन्स्योरेन्सले तेस्रो साधारणसभा बोलाएको छ । अहिले कम्पनीले कुनै पनि लाभांशको प्रस्ताव ल्याएको छैन । यस्तै युनियन हाईड्रोपावरले असार २५ गते १३ औं र १४ औं साधारणसभा गर्न लागेको छ । कम्पनीले पनि लगानीकर्तालाई लाभांशको प्रस्ताव ल्याएको छैन ।

असार २५ गते साधारणसभा बोलाएको कर्पोरेट डेभलपमेन्ट बैंकले १३ औं साधारणसभा उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिको प्रस्ताव लैजाने भएको छ । असार २९ गते साधारणसभा गर्न लागेको राधी विद्युत कम्पनीले आव २०७६-०७७ को मुनाफाबाट ३६.५ प्रतिशत बोनस र बोनसपछि चुक्ता पुँजीबाट १४७.५२ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने प्रस्ताव लैजाने भएको छ । यसको लागि असार १५ देखि २९ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

असार ३० गते सगरमाथा इन्स्योरेन्सले २४ औं साधारणसभा बोलाएको छ । कम्पनीले आव २०७६-०७७ को मुनाफाबाट ११ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव लैजान लागेको छ । यसको लागि असार १७ देखि ३० गतेसम्म बुक क्लोज रहेको छ ।

असार ३१ गते आँधिखोला लघुवित्त र नेको इन्स्योरेन्सले साधारणसभा बोलाएका छन् । आँधिखोलाले लाभांशको प्रस्ताव गरेको छैन भने नेकोले आव २०७६-०७७ को मुनाफाबाट १५.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.८२ प्रतिशत लाभांश दिने प्रस्ताव लैजान लागेको छ । त्यसको लागि असार १८ देखि ३१ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।

वि.सं.२०७८ असार १५ मंगलवार १३:२६ मा प्रकाशित

You can share this post!

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

पर्यटकीय राजधानीमा बसाइ लम्ब्याउन भ्यू फेवा, राउन्ड फेवा पदमार्ग   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२७

गण्डकी, २४ वैशाख : पर्यटकीय राजधानी पोखरामा पर्यटकको बसाइ लम्ब्याउने...

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रुपमा सेवा सुरु   

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:२३

काठमाडौँ, २४ वैशाखः राइड सेयरिङ एप ‘इन्ड्राइभ’ले आधिकारिक रुपमा आजबाट...

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

उच्च दरमा बढ्यो यी कम्पनीको सेयर मूल्य, कुनको कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१९

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

सेयर बजारमा १५ अंकको गिरावट, दुई कम्पनीमा नकरात्मक सर्किट

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:१२

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

सिटिजन लाइफ इन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १५:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

सवारी ‘लाइसेन्स’मा उठेका प्रश्नको समाधान गर्नुहोस् : प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख २४ सोमवार १४:५७

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमतिपत्रको...