back
NMB ad

बजारमा फेरि थपियो चार कम्पनीको ४० लाख ७१ हजार कित्ता सेयर, कुनको कति ?

Kumari bank ad

काठमाडौं । सेयर बजारमा विभिन्न ४ कम्पनीको साढे ४० लाख बढी कित्ता सेयर थपिएको छ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा एक विकास बैंक र तीन लघुवित्त वित्तीय संस्थाको ४० लाख ७१ हजार १८९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सोमबार निर्धन उत्थान लघुवित्त, स्वरोजगार लघुवित्त र आइतबार सांग्रिला डेभलपमेन्ट बैंक, मिर्मिरे लघुवित्तको बोनस नेप्सेमा सूचीकृत भएको हो ।

जसमध्ये निर्धन उत्थान लघुवित्तीयको १३ प्रतिशत बोनस सेयर वापतको १९ लाख ५० हजार कित्ता र स्वरोजगार लघुवित्तको १२.३९ प्रतिशत बोनस सेयर वापतको ४ लाख ५३ हजार ४२१.७७ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ ।

यस्तै, समेबार सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२०.२० कित्ता र मिर्मिरे लघुवित्तकोे ३ लाख ६४ हजार ४४८.३५ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ ।

सांग्रिला बैंकले गत चैत २३ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित ५ प्रतिशत बोनस सेयर र मिर्मिरे लघुवित्तले चैत १८ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको ९.१९९८ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

वि.सं.२०७८ असार २१ सोमवार १३:२५ मा प्रकाशित

You can share this post!

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

ज्योति विकास बैंकद्वारा अग्नि पिडित परिवारहरुलाई राहत सामग्रीहरु प्रदान

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:४६

काठमाडौं । महोत्तरी जिल्लाको मटिहानी नगरपालिका वडा नं. ६, जरलहवा...

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

लगानी सम्मेलनः पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:३५

काठमाडौँ : यहाँ जारी तेस्रो लगानी सम्मेलनका क्रममा नेपालमा सार्वजनिक-निजी...

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

सडक खनेको चार दशकपछि किन्ताङफेदीमा बेली ब्रिज निर्माण   

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:१७

मलेखु (धादिङ), १७ वैशाख : सडक खनेको चार दशकपछि धादिङको...

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा उछाल, कुन सूचक कस्ता छन् ?

वि.सं.२०८१ वैशाख १७ सोमवार ११:०८

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको...

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

प्रिमियर स्टिलले गुणस्तरमा कम्पर्माइज गरेको छैन : सजल राउत, ब्रान्ड म्यानेजर  

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४९

काठमाडौं । प्रिमियर स्टिलका उत्पादनहरूलाई चौथो हिमालयन हाइड्रो एक्स्पोमा ग्राहकहरूले...

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

सुनको भाउमा गिरावट, आज कति घट्यो ?

वि.सं.२०८१ वैशाख १७ सोमवार १०:४१

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउमा गिरावट आएको...