back
NMB ad

धितोपत्र लागतको भारित औसत गणनाको विद्यमान व्यवस्थामा परिमार्जन, गणना गर्ने सुविधा आजदेखि लागु

Kumari bank ad

काठमाडौं । सिडिएससी एण्ड क्लियरिङ लिमिटेडले साउन १ गते देखि हुने गरी धितोपत्र लागतको भारित औसत गणना गरि उक्त विवरण प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरेको जनाएको छ ।

सिडिएससीले सम्पूर्ण कारोबारहरूमा विक्रीकर्ता बासिन्दा प्राकृतिक व्यक्तिले धितोपत्रको विक्री कारोबारमा लाग्ने पुँजीगत लाभकर गणना गर्नका लागि आफ्नो स्वामित्वमा रहेको सेयर वितरण गर्दा प्रदान गर्ने विद्यमान व्यवस्थालाई परिमार्जन गरेको जनाएको छ ।

धितोपत्र लागतको भारित औसतका साथै आफ्नो हितग्राही खातामा मौज्दात रहेको समयावधि समेत गणना गरि विक्री गरेको धितोपत्र मध्ये ३६५ दिन भन्दा बढी अवधि स्वामित्वमा रहेको धितोपत्र र सो भन्दा कम अवधि स्वामित्वमा रहेको धितोपत्रको संख्या समेत खुलाई प्रदान गर्नुपर्ने व्यवस्था गरिएको जनाएको छ ।

यसका लागि सिडिएससिले मेरो शेयर प्रणालीमा धितोपत्रको स्वामित्वको अवधि गणना गर्ने सुविधा आज बेलुका ७ बजे देखि सञ्चालनमा ल्याएको जनाएको छ । मेरो शेयरको मोवाईल एप प्रयोग गर्ने लगानीकर्ताले प्लेस्टोर मार्फत मेरो शेयर एप अपडेट गरि उक्त सेवा प्रयोग गर्न अनुरोध गरेको छ ।

सरकारद्वारा जारी आर्थिक अध्यादेश २०७८ मार्फत आयकर ऐन, २०५८ को दफा ९५ (क) मा संशोधन गरि ‘उपदफा (२) को खण्ड (क) मा रहेका बासिन्दा प्राकृतिक व्यक्तिको हकमा लाभ रकमको पाँच प्रतिशत’ भन्ने शब्दहरूको सट्टा ‘बासिन्दा प्राकृतिक व्यक्तिको हकमा ३६५ दिनभन्दा बढी अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ५ प्रतिशत र ३६५ दिनभन्दा कम अवधि स्वामित्वमा रहेको हितको लाभ रकमको ७.५ प्रतिशत’ कायम गरिएको छ ।

वि.सं.२०७८ साउन ३ आइतवार १७:०५ मा प्रकाशित

You can share this post!

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...