back
NMB ad

दर्जन जलविद्युतको नाफा सुधारोन्मुख, विद्युत बिक्री आम्दानीमा कसको कति ?

Kumari bank ad

काठमाडौं । संचालनमा रहेका मध्ये एक दर्जन जलविद्युत कम्पनीहरुले गत आर्थिक वर्ष २०७७-७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेका छन् ।

अघिल्लो वर्षको तुलनामा गत वर्ष जलविद्युत कम्पनीहरुको नाफा समग्रमा सुधारोन्मुख देखिएका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष जलविद्युत कम्पनीहरुको नाफा करिब ३५ करोड रुपैयाँ बढी देखिएको छ । बिहीबारसम्म १२ वटा जलविद्युत कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय अवस्था अनुसार बिद्युत बिक्रीबाट हुने आम्दानीमा समग्रमा केही सुधार देखिएको छ ।

गत वर्ष ती कम्पीहरुले १ अर्ब ७० करोड ७५ लाख ५ हजार रुपैयाँ नाफा कमाएका छन् । अघिल्ल्लो वर्षको चौथो त्रैमासमा १ अर्ब ३५ करोड ८३ लाख २५ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए ।

उक्त अवधिमा ती कम्पनीहरुको विद्युत बिक्रीबाट हुने आम्दानी ३ अर्ब ६९ करोड ८२ लाख ९४ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्षको चौथो त्रैमासको तुलनामा २८ करोड ३८ लाख २२ हजार रुपैयाँले बढी हो । अघिल्लो वर्ष कम्पनीहरुको विद्युत बिक्री आम्दानी ३ अर्ब ४१ करोड ४४ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।

वित्तीय अवस्था सार्वजनिक गरेको १२ कम्पनीमध्ये २ वटा नोक्सानीमा देखिएका छन् । गत वर्ष घलेम्दी हाइड्रो र दिव्यश्वरी हाइड्रोपावर ऋणात्मक देखिएका हो । अघिल्लो वर्ष ३ करोड बढी नोक्सानीमा रहेको घलेम्दी हाइड्रो गत वर्ष पनि १ करोड ७२ लाख ४४ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । यस्तै, अघिल्लो ४ करोड ३४ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेको दिव्यश्वरी हाइड्रोपावर गत वर्ष ३ करोड ३ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको छ ।

गत वर्ष सबैभन्दा बढी नाफा चिलिमे हाइड्रोपावरको देखिएको छ । यो प्रतिशतका आधारमा हो । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा १६८.३८ प्रतिशतले बढी देखिएको छ । उक्त कम्पनीले गत वर्ष २८ करोड ९७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्ष १० करोड ७९ लाख ७७ हजार रुपैयाँ नाफा गरेको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी पनि ७३.५५ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ४० करोड ७२ लाख ३ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको गत वर्ष वृद्धि भई ७० करोड ६७ लाख ६ हजार रुपैयाँ पुर्याएको छ ।

गत वर्ष नाफा कम आर्जन गर्ने कम्पनीमा रहेको हिमालयन उर्जा विकासले ३ लाख ७९ हजार रुपैयाँ कमाएको छ । अघिल्लो वर्ष कम्पनीले ४५ लाख ७८ हजार रुपैयाँ नाफा गरेको थियो । यस्तै, गत वर्ष देखि उत्पादन सुरु गरेको शिवश्री हाइड्रोपावरले १ करोड ८४ लाख १० हजार रुपैयाँ नाफा कमाएको छ । कम्पनीको विद्युत बिक्री आम्दानी भने ४ करोड ८ लाख २७ हजार रुपैयाँ रहेको छ ।

वि.सं.२०७८ साउन २८ बिहीवार १८:४५ मा प्रकाशित

You can share this post!

राष्ट्रियसभाको बैठक स्थगन   

राष्ट्रियसभाको बैठक स्थगन   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:४४

काठमाडौँँ, ८ जेठः राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक सूचना टाँसेर...

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

फिनल्याण्डद्वारा जलवायु अनुकूलन कार्यक्रमका लागि एक अर्ब ८७ करोड अनुदान   

वि.सं.२०८१ जेठ ८ मंगलवार १६:३२

काठमाडौँ, ८ जेठः फिनल्याण्डले नेपालको स्थानीय जलवायु अनुकूलन कार्यक्रमका लागि...

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:१२

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

सेयर बजारमा हरियाली छाउँदा पाँच कम्पनीको सेयरमा सकरात्मक सर्किट

वि.सं.२०८१ जेठ ८ मंगलवार १५:०६

काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

मधेस प्रदेशमा दुई लाख ५१ हजार परिवारले स्वास्थ्य बीमा गराए   

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:५०

जनकपुरधाम , ८ जेठ : मधेस प्रदेशमा हालसम्म दुई लाख...

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

श्रेणीविहीन कर्मचारीको तलब कम्तिमा ४५ हजार बनाउन माग

वि.सं.२०८१ जेठ ८ मंगलवार १४:३७

काठमाडौं । नेपाल निजामती कर्मचारी युनियनले सरकारले तोकेको मर्यादाक्रम एवम्...