back
NMB ad

एभरेष्ट बैंकको नाफा भन्दा वितरणयोग्य नाफा बढी ! नाफा २७.२४ % ले घट्यो

Kumari bank ad

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय अवस्था हेर्दा एभरेष्ट बैंकको नाफा भन्दा वितरणयोग्य नाफा बढी देखिएको छ ।

बैंकले प्रकाशित गरेको वित्तीय अवस्था हेर्दा नाफा २७.३४ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ८२ लाख ७७ हजार रुपैयाँमा सिमित बनेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा २ अर्ब ५१ करोड ६२ लाख ४४ हजार रुपैयाँ रहेको थियो । बैंकको वितरणयोग्य नाफा ४१.३४ प्रतिशतले बढेर २ अर्ब ३६ करोड ४९ लाख ६५ हजार रुपैयाँ पुगेको छ । बैंकका लाभांश दिन सक्ने क्षमता २६.४७ प्रतिशत रहेको छ ।

बैंकका अनुसार गत आवमा खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा आएको गिरावटले नाफामा असर पारेको छ । गत आवमा बैंकको खुद ब्याज आम्दानी २५.४२ प्रतिशतले घटेर ३ अर्ब ९६ करोड २ लाख १ हजार रुपैयाँमा सिमित भएको छ ।

८ अर्ब ९३ करोड ३७ लाख १७ हजार रुपैयाँ चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा ९ अर्ब १४ करोड ८१ लाख ५३ हजार रुपैयाँ रहेको छ ।
१ खर्ब ६० अर्ब २२ करोड २ लाख ५७ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब २७ अर्ब ६८ करोड १५ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

यो अवधिमा बैंकको खराब कर्जा भने ०.२२ प्रतिशतबाट घटेर ०.१२ प्रतिशत रहेको छ । प्रतिसेयर आम्दानी २० रुपैयाँ ४६ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ २३२ रुपैयाँ ५८ पैसा रहेको छ ।

वि.सं.२०७८ साउन २९ शुक्रवार १०:१६ मा प्रकाशित

You can share this post!

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३९

काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति...

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:३०

काठमाडौँ, २१ वैशाख: हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख २१ शुक्रवार ०६:२५

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...