back
NMB ad

किसान लघुवित्तको नाफामा छलाङ, यस्तो छ वित्तीय अवस्था (विवरणसहित)

Kumari bank ad

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासिक वित्तीय अवस्था सार्वजनिक गरेको छ ।

गत वर्ष कम्पनीले नाफामा छलाङ मारेको छ । अघिल्लो वर्ष ७६ लाख १३ हजार रुपैयाँ नाफा गरेको कम्पनीले गत वर्ष  १४ करोड ९० लाख ६६ हजार रुपैयाँ नाफा कमाएको छ ।

कम्पनीको खद ब्याज आम्दानी पनि ३१३.४२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष ९ करोड ७० लाख ८ खुद ब्याज आम्दानी गरेको कम्पनीको गत वर्ष भने ४० करोड १० लाख ५३ हजार रुपैयाँ रहेको छ ।

यस्तै, गत वर्ष कम्पनीको संचालन मुनाफा ५० करोड ३२ लाख ४८ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो वर्ष २६६.५७ प्रतिशतले बढी हो । अघिल्लो वर्ष कम्पनीको संचालन मुनाफा १३ करोड ७२ लाख ८४ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको चुक्तापुँजी ३९ करोड २८ लाख ८ हजार रुपैयाँ रहेको छ । कम्पनीको जगेडा तथा कोषमा २४ करोड २५ लाख ९२ हजार रुपैयाँ राखेको छ ।

गत वर्ष भने कम्पनीको खराब कर्जा वृद्धि भएको छ । अघिल्लो वर्ष १.५३ प्रतिशत रहेको कम्पनीको खराब कर्जा गत वर्षसम्म ३.४६ प्रतिशत पुगेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी ३७ रुपैयाँ ९५ पैसा र प्रतिसेयर नेटवर्थ १६१ रुपैयाँ ६२ पैसा रहेको छ ।

वि.सं.२०७८ भदौ १ मंगलवार १२:५७ मा प्रकाशित

You can share this post!

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

नेपाल ‘आइटी हव’का रूपमा विकास हुँदैछ : रेखा शर्मा, सञ्चार तथा सूचना प्रविधिमन्त्री

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:४४

‘समृद्ध नेपालको आधार, सूचना प्रविधि र सञ्चार’ नाराका साथ आज...

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

सोलुखुम्बुमा डढेलोले दश घर जले, दर्जनौँ पशुचौपाया हताहत   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:२६

सल्लेरी (सोलुखुम्बु), २० वैशाख : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो...

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

काठमाडौँ बन्यो सबैभन्दा प्रदूषित सहर   

वि.सं.२०८१ वैशाख २० बिहीवार १३:०५

काठमाडौँ, २० वैशाखः काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै...

ठोरी भन्सार पुनः सञ्चालनमा   

ठोरी भन्सार पुनः सञ्चालनमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:५२

चितवन, २० वैशाख : माडी नगरपालिका र पर्साको ठोरी जोड्ने...

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

प्रेस स्वतन्त्रताको पक्षमा लालटिन बालेर प्रदर्शन

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:१८

काठमाडौं । संविधानमा उल्लेख गरिएको पूर्ण प्रेस स्वतन्त्रताको व्यवस्था बिपरित...

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वेस्ट इन्डिज ‘ए’ ब्याटिङ गर्दै, नेपाल जित्नैपर्ने दबाबमा   

वि.सं.२०८१ वैशाख २० बिहीवार १२:०५

काठमाडौँ, २० वैशाख : टी–ट्वान्टी क्रिकेट शृङ्खलाअन्तर्गत नेपालविरुद्धको चौथो खेलमा...