back
NMB ad

कुन राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति र निर्माण खर्च कति ? (विवरणसहित)

Kumari bank ad

काठमाडौं । सरकारले राष्ट्रिय गौरबका आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण कार्यलाई अगाडि बढाई रहेको छ ।

आथिर्क वर्ष २०७६/७७ सम्म राष्ट्रिय आयोजनाको संख्या २४ पुगेको छ । समृद्ध नेपालको आधारशीला निर्माण गर्ने सिंचाई सुविधा मार्फत कृषि क्षेत्रको उत्पादन तथा उत्पादकत्व बढाउने पूर्वाधारको विकास गर्ने उदेश्यले महत्वपूर्ण देखिएका आयोजना तोकिएको समयमा सम्पन्न गर्न कठिनाई देखिएको छ ।

हालै महालेखापरीक्षकको ५८औं प्रतिवेदनका अनुसार सम्पन्न गर्न तोकिएको मिति नजिकिँदै गर्दा पनि आयोजनाको प्रगति आधा भन्दा कम देखिएको छ ।

प्रतिवेदन अनुसार राष्ट्रिय गौरवको आयोजना पुष्पलाल (मध्यपहडी) लोकमार्गको भौतिक प्रगति ४९ प्रतिशत मात्र देखिएको छ । आव २०७९/८० मा सम्पन्न गर्नेगरी कुल अनुमानित लागत १ खर्ब १ अर्ब ५० करोड रुपैयाँमा प्रारम्भ भएकोमा हालसम्म ४६ अर्ब १४ करोड रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।

आयोजना अन्तर्गत १ हजार ८७९ किमी सडक निर्माण र १२९ वटा पुल निर्माण गर्ने लक्ष्य लिएकोमा हालसम्म ९१४ किमी सडक कालोपत्रे र ८४ वटा पुल निर्माण कार्य सम्पन्न भएको छ । यसको भौतिक प्रगति ४९ प्रतिशत मात्र हो । कुल १५ वर्षको आयोजना अवधिमा १३ वर्ष बितिसकेको छ । महालेखापरीक्षकको प्रतिवेदन अनुसार उक्त आयोजना तोकिएको समयमा सम्पन्न हुने अवस्था नरहेको उल्लेख छ ।

आव २०७९/८० मा सम्पन्न गर्ने गरि सुरु भएको कर्णाली करिडोरको हालसम्मको भौतिक प्रगति २० प्रतिशत मात्र रहेको छ । उक्त आयोजना आव २०६५/६६ देखि सुभारम्भ भएको थियो । आयोजना निर्माणका लागि हालसम्म २ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ । यसको कुल लागत अनुमान ११ अर्ब रुपैयाँ रहेको थियो ।

यस्तै, कोशी करिडोरको भौतिक प्रगति १९ प्रतिशत रहेको छ । कुल अनुमानित लागत १६ अर्ब २० करोड रुपैयाँ रहेको उक्त आयोजना निर्माणमा हालसम्म ३ अर्ब ४ करोड रुपैयाँ मात्र खर्च भएको छ ।

कालीगण्डकी करिडोरको भने २२ प्रतिशत भौतिक प्रगति भएको देखिएको छ । नवलपरासीको गैंडाकोटदेखि गुल्मीको रिडी, बागलुङको मालढुंगा, बेनी, जोमसोम हुँदै उत्तरी सिमाना कोरला नाकासम्म सडक निर्माण एवं स्तरोन्नति गर्ने लक्ष्य लिएको उक्त आयोजना आव २०८०/८१ मास सम्पन्न हुने अवधि निर्धारण भएको छ ।

यस्तै, रेल्वे तथा मेट्रो विकास आयोजनाको हालसम्मको भौतिक प्रगति २.०६ प्रतिशत देखिएको छ । आव २०६६/६७ मा सुरुभएको उक्त आयोजना निर्माण कार्यका लागि हालसम्म १९ अर्ब ६८ करोड रुपैयाँ खर्च भएको छ । उक्त आयोजनाको सम्पन्न हुने मिति भने तोकिएको छैन । वातावरणीइ प्रभाव मुल्याकंन स्वीकृति पश्चात् बन क्षेत्रमा काम गर्न जग्गा अघिग्रहण र मुआवज निर्धारण र वितरणमा स्थानीयको अवरोध, जनशक्तिको अभाव र नदी जन्य निर्माण सामग्रीको उपलब्धतामा कठिनाई जस्ता समस्याले उक्त आयोजना प्रगतिमा असर परेको महालेखापरीक्षकले जनाएको छ ।

महालेखाको प्रतिवेदन अनुसार हुलाकी लोकमार्ग आयोजनाको हालसम्मको भौतिक प्रगति ५४.३ प्रतिशत रहेको छ । आर्थिक २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य लिएको उक्त आयोजना निर्माणमा हालसम्म ३५ अर्ब ४६ करोड रुपैयाँ खर्च भएको छ । यो आयोजना निर्माणका लागि कुल लागत अनुमानित रकम ६५ अर्ब २० करोड रुपैयाँ रहेको छ ।

यस्तै, सिक्टा सिंचाई आयोजनाको भौतिक प्रगति ५९ प्रतिशत, बबई सिंचाईको ५२.१२, पशुपति क्षेत्र विकास कोषको ८६ प्रतिशत, लुम्बिनी विकास कोषको ८५ प्रतिशत, महाकाली सिंचाईको १०.५१ प्रतिशत र भेरी बबई डाईभर्सन बहुउद्देश्यीय आयोजनाको ४० प्रतिशत प्रगति भएको छ ।

त्यसैगरि बुढी गण्डकी जलविद्युत आयोजनाको १०प्रतिशत, सुनकोशी मरिन डाईभर्सनको ०.५ प्रतिशत, माथिल्लो तामाकोशीको ९९.४ प्रतिशत, पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलको ६२ प्रतिशत, निजगढको १०, गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको ९१ प्रतिशत काठमाडौं तराई मधेश दु्रतमार्गको ११.११ प्रतिशत भौतिक प्रगति भएको छ ।

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा लिएको पश्चि सेती जलविद्युत र विद्युत प्रशारण आयोजनाको भौतिक प्रगति भने शून्य रहेको छ ।

हेर्नुहोस्, कुन राष्ट्रिय गौरवका आयोजनाको भौतिक प्रगति र निर्माण खर्च कति ?

 

वि.सं.२०७८ भदौ ६ आइतवार १६:१२ मा प्रकाशित

You can share this post!

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

यसै आर्थिक वर्षदेखि बङ्गलादेशमा विद्युत् निर्यात हुन्छ : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १८:०५

काठमाडौँ, १६ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपाल, भारत...

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

लगानी सम्मेलन : जलविद्युत् परियोजना प्राथमिकता   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:५१

काठमाडौँ, १६ वैशाख : आजदेखि सुरु भएको तेस्रो लगानी सम्मेलनमा...

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

लगानी सम्मेलन : मुलुकको समृद्धिमा राजनीतिक ऐक्यबद्धताको सन्देश   

वि.सं.२०८१ वैशाख १६ आइतवार १७:४२

प्रकाश सिलवाल      काठमाडौँ, १६ वैशाख : काठमाडौँमा जारी...

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर,  नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

लगानी सम्मेलनमा सरोकारवालाको एउटै स्वर, नेपालमा ढुक्क भएर लगानी गर्न अपिल   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५८

काठमाडौँ, १६ वैशाखः नेपालमा लगानीको अवसर खोजिरहेका स्वदेशी तथा विदेशी...

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

निगमको जहाज इजरायलमा मर्मत गरेर ल्याइयो   

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:५३

काठमाडौँ, १६ वैशाख : नेपाल वायुसेवा निगमको ९ एनएकेएक्स जहाज...

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

लगानी गर्न चाहने लगानीकर्ताहरूलाई वातावरण तयार गर्नुपर्छ: मन्त्री चौधरी

वि.सं.२०८१ वैशाख १६ आइतवार १६:४५

काठमाडौँ, १६ वैशाख । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले...