back
NMB ad

पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न छैन लगानी, अर्थतन्त्र उकास्न अपाङ्गमैत्री प्रवर्द्धन आवश्यक : अध्ययन

Kumari bank ad

काठमाडौं । अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)को नयाँ अध्ययनले नेपालका होटल व्यवसायीले अपाङ्गमैत्री पूर्वाधार र सेवामा लगानी गर्न सके विश्वव्यापी रुपमा बढ्दो सुलभ पहुँचयोग्य पर्यटन प्रवर्द्धन हुने र त्यसले देशको आर्थिक बृद्धिदर समेत उकास्न सक्ने औल्याएको छ ।

सबैका लागि खुल्लाः नेपालका होटेलहरुमा अपांगता भएका व्यक्तिहरुको पहुँच सम्बन्धी एक सर्वेक्षण शीर्षकको अध्ययन प्रतिवेदनले सुलभ पहुँच योग्य पर्यटन बजार विस्तार गर्न सके देशको अर्थतन्त्र उकासिने बताएको हो ।

यो अध्ययन प्रतिवेदन नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले राष्ट्रिय अपाङ्ग महासंघ नेपालसंगको सहकार्य र आईएफसीको आर्थिक तथा प्राविधिक सहयोगमा तयार गरेको हो ।

आईएफसीले उक्त अध्ययनका लागि देशको मुख्य–मुख्य शहरका ९० वटा तारे होटल र त्यसमा संलग्न उद्यमी/व्यवसायीलाई समावेश गरेको बताएको छ । जसअनुसार अध्ययनमा सहभागीभएका ९५ प्रतिशत होटल व्यवसयीले पहुँचयोग्य पर्यटनको अवधारणावारे आफूहरु जानकार रहेपनि त्यस किसिमका पूर्वाधार निर्माणगरी पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न लगानी भने नगरेको प्रतिकृया दिएका छन् ।

आईएफसीको अध्ययनले अहिले संचालनमा रहेका अधिकांश होटलमा अपाङ्गता भएका व्यक्तिहरुको आवतजावतका लागी लिफ्ट र भिराला ¥याम्प मात्रै रहेको, अध्ययनमा समावेश भएका १७ प्रतिशत होटलले दृष्टिविहिन पाहुनाको सहयोगका लागी संकेत चिन्ह राखेको देखाएको छ ।

बाँकी ७४ प्रतिशत होटलले ढोका बाहिर वा कोठाको निर्देशिका पुस्तकमा ब्रेल लिपी वा संकेत चिन्हको प्रयोग गरेका छैनन् । अध्ययनले ९ प्रतिशत होटलका कर्मचारीहरु पहुँचयोग्य पर्यटन र विशिष्ट क्षमताभएका पाहुनावारे प्रशिक्षित रहेका र ३३ प्रतिशत होटलमा अपाङ्ग अतिथिका लागी अतिरिक्त ह्लिचेयरको व्यवस्था रहेको देखाएको छ ।

साथै अध्ययनले नेपालका अधिकांश होटलहरुले व्यवसायीक प्रयोजनका लागी पुराना संरचना प्रयोग गर्ने गरेको, यस्ता संरचनाहरु दुर्गम स्थानमा रहेका र तिनमा अपाङ्गमैत्री सेवासुविधा समेत नहुने गरेको र त्यस्ता अपायक स्थानमा अपाङ्गता भएका पाहुनाहरु पनि एकदमै कम जाने गरेको उल्लेख गरेको छ ।

त्यक्तिमात्र नभई यस अध्ययनमा समावेश भएका अधिकांश होटलले अपाङ्ता भएका व्यक्तिको आवतजावतका लागि चाहिने भिराला ¥याम्प निमार्ण गर्न, ह्विलचेयर खरिद गर्न तथा अन्य पूर्वाधार बनाउन अतिरिक्त लगानी चाहिने र त्यस्तो लगानी नै समावेशी पर्यटन प्रवद्र्धनको बाधक रहेको उद्रित छ ।

पछिल्लो समयमा सुलभ, पहुँचयोग्य वा समावेशी पर्यटनको अवधारणाले विश्वव्यापी मान्यता पाएको चर्चा गर्दै आईएफसीको भुटान, बंगलादेश र नेपाल मामिला हेर्ने देशीय निर्देशक वेन्डी वार्नरले भएका पर्यटन गन्तव्यहरुमा अपाङ्ग, अशक्त वा अरु सबै उमेर समुहको पहुँच विस्तार गर्नसके मात्रै पनि पर्यटन क्षेत्रको दिगो विकास हुने बताएकी छन् । उनका अनुसार सुलभ पर्यटनले मानव अधिकारको सुनिश्चितता संगै व्यवसायीक अर्थ राख्छ ।

विश्व स्वास्थ्य संगठनको अध्ययनले पनि संसारभरका करिब एक अर्ब मानिसहरु कुनै न कुनै प्रकारको अपाङ्ताबाट प्रभावित हुने गरेका देखाएको छ । नेपालका अपाङ्ग अधिकारकर्मीले शारिरिक सिमितता भएका र अपाङ्ता भएका व्यक्तिले पनि संसारभरका पर्यटकीय गन्तब्य भ्रमण गर्ने गरेका र यस्ता पर्यटकको सुविधाको लागी होटलहरुले विशिष्ट खालको पूर्वाधार तयार गर्ने गरेको बताएका छन् । विश्वका आकर्षक पर्यटकीय गन्तव्यस्थलमा सुलभ पहुँचका पूर्वाधार भएका होटल हुन्छन् जसले स्वदेशी तथा विदेशी पाहुनालाई सेवा दिन्छन् र यस्ता ठाउँमा पर्यटकको चाप हुन्छ ।

प्रतिवेदनमा राष्ट्रिय अपाङ्ग महासंघ नेपालका अध्यक्ष मित्रलाल श्रेष्ठले अहिले वर्षेनी रुपमा विश्वभरबाट देशबाट करिब २००० अपाङ्ग पर्यटक नेपाल भ्रमण गर्न आउने गरेका भन्दै सुलभ पर्यटनका सुविधा र अपाङ्गमैत्री पूर्वाधार बन्नसके यस्ता पर्यटकको संख्या सहजै बढेर १०,०० सम्म पुग्नसक्ने दावी समेत गरेका छन् ।

होटल एशोसिएसन नेपालकी अध्यक्ष सृजना राणाले सुलभ पहुँचयोग्य पर्यटन बजार विस्तार गर्ने अवधारणा नेपालका लागी नयाँ प्रयोग हुने भएपनि पर्यटन व्यवसायीले अपाङ्मैत्री पूर्वाधार तयार गरी यसबाट प्रशस्त फाइदा लिनसक्नेमा आफू विस्वस्त रहेको बताउनुभएको छ । “पर्यटन बजार विस्तार हुनेगरी हाम्रा होटलमा सुविधा थप्न हामी व्यवसायीहरु तत्पर नै छौं, थप छलफल गरेर नितीगत रुपमै सुलभ पर्यटनको अवधारणालाई कार्यान्वयनमा लैजाँदा ठिक होला भन्ने हो,” उहाँले भन्नुभयो ।

त्यसैगरी नेपाल पर्यटन बोर्डका मुख्य कार्यकारी अधिकृत डा.धनन्जय रेग्मीले सरकार, सरोकारवाला र होटल व्यवसायीले सहकार्य गरेर सुलभ पर्यटनको अवशरबाट फाइदा लिनुपर्नेमा जोडदिनुभयो ।

सहकार्यबाटै सुलभ पर्यटनका लागी अवशर प्राप्त गर्न र ति अवशरले दिने प्रतिफल लिन सकिन्छ जसका लागी सरकारले नितीगत सहयोग र अरुले आवश्यकता अनुरुपका पूर्वाधार निर्माण गर्न सकिन्छ उहाँले भन्नुभयो ।

सोही अवसरमा युएनडीपिका सह–आवाशिय प्रतिनिधी बर्नर्ड कोकोले कोरोना कहरले अर्थतन्त्र थिलोथिलो परेका बेला त्यसलाई पहिलेको ठाउँमा पु¥याउने तत्परतासंगै सुलभ पर्यटनको ढोका खोल्नेगरी अध्ययन अनुषन्धान हुनु सकारात्मक विषय भएको भन्दै प्रसंसा गर्नुभयो । उहाँले पर्यटन क्षेत्रलाई पहिलेको स्थानमा पु¥याउन पहुँचको विकास आवश्यक हुने भन्दै नेपालले सुलभ पर्यटनको अवसरबाट लाभ लिन उपयुक्त पूर्वाधार निर्माण गर्नुपर्ने बताउनुभयो । “पहुँच बढ्न सक्दा पर्यटन विस्तारित हुन्छ र अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ,” उहाँले भन्नुभयो ।

बरिष्ठ पत्रकार गजेन्द्र बुढाथोकीले अर्थतन्त्र सकारात्मक बाटोमाजान पर्यटन विस्तार हुनुपर्ने र त्यसका लागी होटल तथा रेष्टुरेष्टमा अपाङ्गमैत्री पूर्वाधार हुनुपर्ने बताउनुभयो । “सक्रिय जिवनबाट अवकाश पाएका, शारिरिक रुपमा अपाङ्ग भएका, होचापुड्काले अरुको तुलनामा बढी खर्चगर्छन् त्यसैले यस्तो समुहलाई आवश्यक पर्ने सेवा विस्तार गर्न सके त्यसले पर्यटन क्षेत्र फस्टाउन सक्छ,” उहाँले भन्नुभयो ।

राष्ट्रिय अपाङ्ग महासंघका महासचिव राजु बस्नेतले अपाङ्गहरुले नेपालका होटलमा सुलभ सेवा र आवश्यक पूर्वाधार नभएकै कारणले असमान व्यवहार भोग्नुपरेको बताउनुभयो ।

अध्ययनले यस्तो पर्यटन प्रवद्र्धन गर्न सरकार, निजी क्षेत्र र दातृ निकायले सहकार्य गरी विश्वव्यपी रुपमा अभ्यासमा आएको पहुँचयोग्य पर्यटन बजार विस्तार गर्न अपाङ्गता भएका व्यक्तिसमेतलाई सहभागी गराई त्यस अनुकुलको निती निमार्ण गर्न सुझाएको छ ।

वि.सं.२०७८ भदौ ९ बुधवार १७:११ मा प्रकाशित

You can share this post!

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

आगामी बजेट पर्यटन, सीप विकास र उद्योग सञ्चालनमा जोड दिनुपर्ने    

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:५४

काठमाडौँ, १८ वैशाख : सांसदहरुले आगामी आर्थिक वर्षको बजेट खेल...

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

नागरिक लगानी कोषले सुपर खुदीको शेयर प्रत्याभूति गर्ने   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:४४

काठमाडौँ, १८ वैशाख : नागरिक लगानी कोषले सुपर खुदी हाइड्रोपावर...

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

क्रेष्ट माइक्रो लाइफले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३७

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्कासन गर्ने...

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया  कार्यक्रम सम्पन्न

बीमकहरूका परिपालन अधिकृतहरूसँग छलफल एवम् अन्र्तक्रिया कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:३१

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा आज प्राधिकरणको केन्द्रीय कार्यालय,...

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:२४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले मंगलबार एक कम्पनीको मूल्य...

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

जापानमा आर्थिक वर्ष २०२३ मा रोजगारीको उपलब्धता घट्यो   

वि.सं.२०८१ वैशाख १८ मंगलवार १७:०५

टोकियो, १८ वैशाख : जापानको रोजगार उपलब्धता अनुपात आर्थिक वर्ष...