back

‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’ सम्मेलनमा भाग लिन पर्यटन मन्त्री पोखरेल इजरायल प्रस्थान

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्दप्रसाद पोखरेल इजरायलमा हुन लागेको ‘अन्तर्राष्ट्रिय भूमध्यसागर पर्यटन बजार’सम्बन्धी सम्मेलनमा भाग लिन सोमबार त्यसतर्फ प्रस्थान गरेका छन् ।

उनले इजरायलको पर्यटन मन्त्रालय र टुरिजम अपरेटर्स एसोसिएसनले तेलअभिभ एक्जिविसन ग्राउन्डस्मा यही माघ २६ र २७ गतेसम्म हुन लागेको २२ औँ सम्मेलनमा भाग लिनेछन् ।

विश्वभरिका पर्यटनसम्बन्धी कम्पनीलाई एकीकृत गरी पर्यटन बजारको एक आपसमा सहकार्य गर्ने उद्देश्यले आयोजना गरेको सम्मेलनमा मन्त्री पोखरेलले पनि नेपालको पर्यटनबारे सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

दुईदिने सो सम्मेलनमा नेपाल, भारत बेलायत, ताइवान, जर्मनी, बुल्गेरिया, स्पेन, फिनल्याड, स्वीडेन, पोर्चुगल, फ्रान्स, जापान, भियतनाम, ग्रीस, पोल्याण्ड, दक्षिण अफ्रिकालगायतका देशका पर्यटन प्रतिनिधिको सहभागिता रहनेछ ।

प्रदर्शनीमा विश्व पर्यटन नक्सा पनि राखिनेछ । प्रर्दशनीमा नेपालका तर्फबाट इजरायलस्थित नेपाली दूतावासमार्फत नेपाल पर्यटन बोर्डअन्तर्गतका उत्कृष्ट पर्यटनसम्बन्धी छ वटा संस्थाले भाग लिनेछन् ।

इजरायल बसाइँका क्रममा मन्त्री पोखरेलले इजरायली समकक्षी यरिभ लेभिनसँग भेट गर्नुहुनेछ । मन्त्री पोखरेल आगामी फागुन १ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

वि.सं.२०७२ माघ २५ सोमवार १६:५४ मा प्रकाशित

You can share this post!

ट्रुमीको नयाँ रिभ्यू नोट– यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन्

ट्रुमीको नयाँ रिभ्यू नोट– यी सात उत्पादन जसले हेयर केयरलाई सघाउँछन्

वि.सं.२०८० असोज ८ सोमवार ११:३९

काठमाडौ ।अमेरिकी प्रविधिबाट उत्पादित छाला तथा हेयर–केयर सामग्री ट्रुमीले ‘प्रोडक्ट...

१३.१६ प्रतिशत लाभांश प्रस्तावसहित आरविवि मर्चेन्टले बोलायो साधारणसभा

१३.१६ प्रतिशत लाभांश प्रस्तावसहित आरविवि मर्चेन्टले बोलायो साधारणसभा

वि.सं.२०८० असोज ८ सोमवार ११:३२

काठमाडौं । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले आठौँ वार्षिक साधारणसभा बोलाएको...

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा   

राष्ट्रपति पौडेलद्वारा जानकी मन्दिरमा पूजाआजा   

वि.सं.२०८० असोज ८ सोमवार ११:१८

जनकपुरधाम, ८ असोज ः राष्ट्रपति रामचन्द्र पौडेलले आज जनकपुरधामस्थित जानकी...

नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर र मनकामना इन्जिनियरिङको सेयर खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

नेप्सेमा अप्पर लोहोरे खोला हाइड्रोपावर र मनकामना इन्जिनियरिङको सेयर खुल्यो, कतिमा भयो पहिलो कारोबार ?

वि.सं.२०८० असोज ८ सोमवार ११:१३

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा अप्पर लोहोरे खोला...

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान   

बेइजिङमा विजनेस समिट : नेपालमा चिनियाँ लगानी आह्वान   

वि.सं.२०८० असोज ८ सोमवार ११:०७

एकराज पाठक बेइजिङ, ८ असोज : “नेपालमा लगानीका सम्भावना अधिक...

सानिमा बैंकले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

सानिमा बैंकले बोलायो साधारणसभा, कहिलेसम्म कायम सेयरधनीले पाउँछन् लाभांश ?

वि.सं.२०८० असोज ८ सोमवार ११:०१

काठमाडौं । सानिमा बैंक लिमीटेडले वार्षिक साधारणसभा बोलाएको छ ।...