
काठमाडौं । वाग्मती सफाइको एक सय ५५औँ हप्तामा मनोहरा दोभानमा सफाइ गरी आठ मेट्रिक टन फोहर शनिबार व्यवस्थापन गरिएको छ ।
सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न विद्यालयका छात्रछात्रा, उप्रेती समाज लगायत स्थानीयवासीको सहभागिता रहेको अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक समिति सदस्य एवम् नेपाल विज्ञापन सङ्घका महासचिव नारायण श्रेष्ठले जानकारी दिए ।
समाजका अध्यक्ष डा। रामप्रसाद उप्रेतीले मनोहरा दोभानमा उप्रेती समाजका तर्फबाट बगैँचा बनाइदिने घोषणा गरे ।
पूर्वमुख्यसचिव लीलामणि पौडेल, वागमती समितिका सञ्चालक सदस्य सुषमा शर्मा, गोकुल थापा, काठमाडौँ महानगरपालिका नगर प्रहरी प्रमुख धनपति सापकोटा, अभियानकर्मी डा राजु अधिकारी लगायत ४०० जनाको सहभागिता थियो ।
अर्को साता १५६ औँ हप्ताको वाग्मती सफाइ पनि मनोहरा दोभानमै गरिने जनाइएको छ ।
प्रकाशितः २०७३ वैशाख १८
वि.सं.२०७३ वैशाख १८ शनिवार १६:०२ मा प्रकाशित