back

बैंकमा थुप्रिएको पैसा नयाँ क्षेत्रमा लगानी गर्न गभर्नरको सुझाव

Kumari bank ad

रुपन्देही । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्‍याउन वित्तीय संस्थाले लक्ष्यमा रहेर काम गर्नुपर्ने बताएका छन् । अहिलेको समयमा पनि दुई चौथाइ नेपाली वित्तीय क्षेत्रको पहुँच बाहिर रहनु बिडम्बना भएको भन्दै उनले त्यसलाई सुधारेर ग्रामीण क्षेत्रमुखी कार्यक्रम गर्न निर्देशन दिए।
बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त वित्तीय संस्थाको शनिबार उद्घाटन गर्दै उनले बैंकको मूल लक्ष्य सबै जनतालाई बैकिङ पहुँचमा पुर्‍याउने हुनुपर्ने बताए।

उनले ग्रामीण क्षेत्रको उत्पादनलाई आर्थिक विकासमा रुपान्तरण गर्न वित्तीय संस्थाको महत्वपूर्ण भूमिका हुने बताए।

नयाँरनयाँ क्षेत्र पहिचान गरेर बैंकमा थुप्रिएको पैसा लगानी गर्नुस्, अहिले अवसर छ, उनले भने। राष्ट्र बैंकले वित्तीय संस्था सुधारका लागि नयाँ नयाँ नीति बनाउँदै गइरहेको उनले जानकारी दिए। देशको लागि पनि केही गर्नुपर्छ भन्ने सोचले पैसाको सदुपयोग गर्दै रोजगारीको विकासमा लाग्नुपर्ने समय आएको उनले उल्लेख गरे।

कार्यक्रममा राष्ट्र बैंकका कार्यकारी निर्देशक डा विनोद आत्रेयले १८ प्रतिशत जनता वित्तीय संस्थाको पहुँच बाहिर रहेको भन्दै त्यसलाई समेट्ने गरी नयाँ वित्तीय संस्थाको स्वीकृति दिने गरिएको बताए। ४१ वटा लघु वित्तले सेवा दिइरहेको र ६० भन्दा बढी दर्ता प्रक्रियामा रहेको जानकारी दिँदै उनले चुनौतिलाई समाधान गर्न सके राम्रो प्रगति गर्नसक्ने बताए।

कार्यक्रममा राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक भाष्करमणि ज्ञवाली, भैरहवा शाखाका व्यवस्थापक जगत नेपाल, डेभलपमेन्ट बैंक एसोसिएसनका उपाध्यक्ष प्रकाश पौडेल, नेपाल लघुवित्त बैंकर्स सङ्घका अध्यक्ष धर्मराज पाण्डे, चौतारी वित्तीय संस्थाका अध्यक्ष जगत पोखरेल, कार्यकारी अधिकृत मनिकर कार्की, सञ्चालक लालहरी पाण्डेलगायतले मन्तव्य दिएका थिए।

दश जिल्ला कार्यक्षेत्र रहेको चौतारीले केही समयअघि कारोबार सुरु गरेको थियो। पाल्पा, नवलपरासी, रोल्पालगायतका जिल्लामा शाखा सञ्चालनमा ल्याईएको छ ।

प्रकाशितः २०७३ जेठ १

वि.सं.२०७३ जेठ १ शनिवार १५:५२ मा प्रकाशित

You can share this post!

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा    

विदेशबाट फर्केर सामूहिक माछापालन गर्दै टिमुरेका युवा   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:४३

गलेश्वर (म्याग्दी), २५ मङ्सिर : वैदेशिक रोजगारीमा भनेजस्तो कमाइ नभएपछि...

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

बेइजिङमा व्यापक हिमपात, सडक यातायात प्रभावित   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:३२

बेइजिङ, २५ मङ्सिर : आइतबार साँझदेखि परेको हिमपातका कारण सोमबार...

हुलाकी सडकले फेरिँदै जनजीवन   

हुलाकी सडकले फेरिँदै जनजीवन   

वि.सं.२०८० मंसिर २५ सोमवार १२:२३

भेषराज बस्नेत राँझा (बाँके), २५ मङ्सिर : बाँकेको राप्ती सोनारी...

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८० मंसिर २५ सोमवार ११:३३

काठमाडौं । कामना सेवा विकास बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको...

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

अकामा होटेलले आईपीओ निष्कासन गर्ने

वि.सं.२०८० मंसिर २५ सोमवार १०:५९

काठमाडौं । अकामा होटेल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ...

यसरी फेरियो पुम्दीकोटको परिचय   

यसरी फेरियो पुम्दीकोटको परिचय   

वि.सं.२०८० मंसिर २५ सोमवार १०:४७

अन्नपूर्ण (कास्की), २५ मङ्सिर : पोखरा घुम्न आएका पर्यटक पोखरा...