
काठमाण्डौं । लगातार पहिरो गएर दुर्इ पटक सर्किट ब्रेकर लागेको सेयर बजारले पूरै कोल्टे फेरेकोछ । ६४ अंक घटेको बजार सम्हालिँदै ४०.६८ अंकले बढेर १५१०.१६ मा पुगेर बन्द भएकोछ ।
कारोबार सुरु भएको १ घण्टा भित्रै सेयर बजार उच्च अंकले घटेकाले दुई पटक सर्किट ब्रेकर लागेको थियो । सर्किट ब्रेकर लाग्दा २५ करोड रुपैयाँ मात्रको कारोबार भएको थियो भने अहिले कारोबार रकममा पनि उल्लेख्य सुधार भएको छ।
आज एक बाहेक सबै सूचकहरु हरियो भएपछि सेयर बजार पूरै कोल्टे फेरेको हो । आज सोमबार १२४ कम्पनीको १ अर्ब नौ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
१३ मंसिर २०७३, ३।४०
वि.सं.२०७३ मंसिर १३ सोमवार १५:३८ मा प्रकाशित