back
NMB ad

डेढ अर्बको आइपिओ ल्याउन मध्य भोटेकोशीले सकायो रेटिङ, तोक्यो एजिएम मिति

Kumari bank ad

काठमाडौं । आइपीओ ल्याउने तयारी गरिरहेको मध्य भोटेकोशी जलविद्युत् कम्पनीले कात्तिक २९ गते आठौं वार्षिक साधारण सभा हुने भएको छ ।

सभा स्मार्ट क्याफे, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । आर्थिक वर्ष २०७५/७६ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव पनि छ ।

आर्थिक वर्ष २०७६/७७ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ । सभामा कम्पनीले विभिन्न संंघ–संस्थाहरुलाई सहयोग गरेको रकमको अनुमोदन गर्ने विशेष प्रस्ताव पेश गर्दैछ ।

मध्य भोटेकोशी जलविद्युतले १ अर्ब ५० करोड रुपैयाँ बराबर आइपीओ निष्कासनका लागि रेटिङ समेत सम्पन्न गरिसकेको छ । केयर रेटिङ नेपालले यो आइपीओलाई ‘ग्रेड ४ प्लस’ रेटिङ दिएको छ ।

यस आधारमा मध्य भोटेकोशीले औसत भन्दा कम आधार जनाउने रेटिङ पाएको हो । कम्पनीले १०० रुपैयाँ दरको १ करोड ५० लाख कित्ता सेयर जारी गर्नेछ ।

रेटिङ सम्पन्न गरे पनि कम्पनीले आइपीओ निष्कासनका लागि हालसम्म नेपाल धितोपत्र बोर्डमा आवेदन भने दिएको छैन । बोर्डमा आवेदन दिएर स्वीकृत भएपछि आइपीओ बिक्री खुला प्रक्रिया सुरु हुनेछ ।

कम्पनीले यसअघि २ चरण गरी कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका, सञ्चय कोषका कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुलाई सेयर बिक्री खुला गरेको थियो ।

यसरी बिक्री गरिएको सेयर बाँडफाँट समेत भइसकेको छ । कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताका लागि १ लाख १७ हजार कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरुको लागि २१ लाख कित्ता र सञ्चय कोषका कर्मचारीका लागि ६ लाख कित्ता निष्कासन गरिएको हो ।

मध्य भोटेकोशी जलविद्युत सन् २०१० मा स्थापना भएको कम्पनी हो । यसले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावटको मध्य भोटेकोशी आयेजना निर्माण गरिरहेको छ । यस परियोजनाको प्रतिमेगावट लागत १६ करोड ७० लाख रहेको छ ।

२०७६ कात्तिक ०४ गते प्रकाशित

वि.सं.२०७६ कात्तिक ४ सोमवार १४:५२ मा प्रकाशित

You can share this post!

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

पहिचान एवं राष्ट्रिय मुद्दा कार्यान्वयनमा ऐक्यबद्धता जनाउन प्रधानमन्त्रीको अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:१४

काठमाडौँ, २४ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै उत्पीडित वर्ग,...

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

सर्भिस चार्जको अन्त्य सँगै होटेल तथा पर्यटन श्रमिक पलायनको अवस्थामा

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:५७

काठमाडौँ । होटेल तथा पर्यटन व्यवसायमा सर्भिस चार्जको अन्त्य सँगै...

चोरले एक तोला सुन निलेपछि…   

चोरले एक तोला सुन निलेपछि…   

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:४२

पाँचथर, २४ वैशाख : पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले...

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:३६

काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनको भाउ महँगिएको छ...

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

वि.सं.२०८१ वैशाख २४ सोमवार १०:२४

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको...

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

यामाहाद्वारा भव्य अफरसहितको सबैभन्दा ठूलो महाएक्सचेन्ज मेला २०८१ को घोषणा

वि.सं.२०८१ वैशाख २४ सोमवार ०६:५७

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक...