काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले वृद्धभत्ता ५ हजार पुर्याउने किसिमले काम गर्ने बताउनुभएको छ ।
उहाँले सरकारलाई सफल बनाउन लागिपर्ने बताउँदै आफूलाई मन्त्री बनाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धन्यवाद व्यक्त गर्नुभएको छ ।
आफू पुरुष भएपनि आधा आकाश ढाकेका महिलाको क्षेत्रमा काम गर्ने बताउनुभएको छ ।
वि.सं.२०७७ असोज २९ बिहीवार १४:०७ मा प्रकाशित