back
Mega Long Ad

विद्यालय संञ्चालनलाई सुरक्षित बनाउँदै, प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय बनाउने

काठमाडौं । विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एशिया क्षेत्रका सदस्य राष्ट्रहरूले महामारीको दौरान विद्यालय संञ्चालनलाई सुरक्षित बनाउँदै ‘प्रत्येक विद्यालयलाई स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालय’ बनाउने सङ्कल्प गरेका छन् ।

‘स्वस्थ जीवनशैली, जीवन पर्यन्तका लागि स्वस्थ व्यवहारको प्रवर्द्धन गर्न र कुनै पनि समाजको दिगो विकासका लागि जनशक्तिको विकास गर्न विद्यालयहरूको महत्त्वपूर्ण भूमिका हुन्छ ।

स्वस्थ विद्यालयहरूबाट विशेष आवश्यकता भएका बालबालिकाहरूसहित सबै सामाजिक, आर्थिक पृष्ठभूमिका बालबालिकाहरू लाभान्वित होउन् भन्नका लागि हामीलाई समग्र सरकार पद्धतिको आवश्यकता पर्छ,’ क्षेत्रीय बैठकमा विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी क्षेत्रकी क्षेत्रीय निर्देशक डा. पूनम खेत्रपाल सिंहले बताउनुभयो ।

विद्यालय स्वास्थ्य तथा स्वास्थ्य प्रवर्द्धन गर्ने विद्यालयहरूलाई पुनरुत्थान गर्ने सङ्कल्प प्रस्ताव पारित गर्दै सदस्य राष्ट्रहरूले महामारीका कारण बन्द भएको विद्यालयका कारण कलिला बालबालिका तथा किशोरकिशोरीहरूको सिकाइ, वृद्धिविकास तथा स्वास्थ्यमा पारेका प्रभावका बारेमा चासो व्यक्त गरेका थिए ।

भदौ २१ देखि २५ गतेसम्म पाँच दिनसम्म चलेको क्षेत्रीय बैठकको क्रममा सदस्य राष्ट्रहरू विश्व स्वास्थ्य संगठनको विश्वव्यापी लक्ष्य तथा दिगो विकास लक्ष्य २०३० अनुरूप भाइरल हेपाटाइटिस, एचआइभी तथा यौनजन्य सङ्क्रमणका विषयमा एकीकृत क्षेत्रीय कार्ययोजना विकास गर्ने कुरामा सहमत भए ।

क्षेत्रीय कार्यकारी समितिको बैठकको अन्य विशेषताहरूमा सदस्य राष्ट्रहरूले मन्त्रिस्तरीय बैठकमा स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न तथा स्वास्थ्यमा सर्वव्यापी पहुँच र स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्य हासिल गर्न महामारीबाट शिक्षा लिने र स्वास्थ्य प्रणालीको उत्थानशीलता सुदृढ बनाउने गरी घोषणापत्रमा हस्ताक्षर गरे ।

विश्व स्वास्थ्य संगठन र दक्षिणपूर्वी क्षेत्रका सदस्य राष्ट्रहरूले भविष्यमा आउनसक्ने स्वास्थ्यका दृष्टिकोणले आपतकालीन अवस्थाहरूका लागि अझ सशक्त रूपमा तयार रहनका लागि स्वास्थ्य आपतकाल सुरक्षा प्रणालीहरूलाई अझ सुदृढ बनाउनु पर्ने कुरामा छलफल गरेका थिए ।

बैठकले कोभिड–१९ विरुद्धको खोपको पहुँचलाई तीव्र गतिमा बढाउने कार्यहरूलाई निरन्तरता दिँदै नियमित खोप कार्यक्रमको पहुँचलाई पनि बढाउनु पर्ने विषयमा छलफल गरेको थियो ।

नसर्ने रोगहरू लाग्ने दरको रोकथाम तथा नियन्त्रणका उपाय, दादुरा तथा रुबेला उन्मूलनका लागि अपनाइएका कदम तथा स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिलाई गति प्रदान गर्ने जस्ता विषयहरू बैठकमा छलफल भएका अन्य क्षेत्रीय महत्त्वका विषयहरू थिए ।

वि.सं.२०७८ भदौ २८ सोमवार १८:४६ मा प्रकाशित

You can share this post!

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

बैंकमा ह्वात्तै बढ्यो निक्षेप संकलन, कर्जाको माग पनि उस्तै

वि.सं.२०७८ असोज ५ मंगलवार १७:३८

काठमाडौं । वाणिज्य बैंकका निक्षेप संकलन तथा कर्जाको माग निकै...

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

इसेवा मनि ट्रान्स्फरले ल्यायो दिनदिनै उपहार जित्ने आकर्षक योजना

वि.सं.२०७८ असोज ५ मंगलवार १७:०७

काठमाडौं । इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार...

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

जाँचबुझ समितिले बुझायो प्रतिवेदन, जोगिएला त अध्यक्ष ढुंगानाको पद ?

वि.सं.२०७८ असोज ५ मंगलवार १६:४७

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानामाथि लागेको आरोपको...

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

मैलुङ खोलाको आईपीओ नेप्सेमा सूचीकृतः भोलिदेखि नै कारोबार हुने, यस्तो छ ओपन रेञ्जको संकेत

वि.सं.२०७८ असोज ५ मंगलवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्चेञ्ज(नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको आईपीओ...

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

भोलिदेखि आउँदैछ ७० करोडको नयाँ आईपीओ, कति र कहिलेसम्म दिने आवेदन ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:५७

काठमाडौं । भोलि अर्थात असोज ६ गते बुधवारदेखि साहस उर्जाको...

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

दुई बैंकसहित चार कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति कित्ता बिक्री भयो सेयर ?

वि.सं.२०७८ असोज ५ मंगलवार १५:३०

काठमाडौं । साता दोस्रो कारोबार दिन सेयर बजार दोहोरो अंकले...