back
NMB ad

अदालती मिलापत्रमा विश्वास घट्यो

Kumari bank ad

दाङ । अदालतमा मुद्दा परिसकेपछि अदालतले गर्ने मेलमिलाप नीतिमा विश्वास कम देखिएको छ । मुद्दारत पक्षहरूमा लिइएको मेलमिलाप नीति अदालतमा कमजोर देखिएको छ ।

उच्च अदालत तुलसीपुरमा विगत तीन वर्षको मुद्दाहरूलाई मेलमिलाप नीतिमा पठाइएको अवस्था हेर्दा सेवाग्राहीले मिलापत्रमा विश्वास नदेखाएका हुन् ।मेलमिलापका लागि पठाइएका मुद्दाहरू न्यून मात्रामा मात्र सफल हुने गरेको उच्च अदालतल तुलसीपुरका रजिष्ट्रार यामबहादुर बुढामगरले बताए ।

उनले वादी प्रतिवादीले मेलमिलावमा विश्वास नगर्ने, बरु सर्वोच्च अदालतसम्म नै जाने योजना देखिँदा मेलमिलावको अवस्था अदालतमा सन्तोषजनक नभएको बताए । अदालतमा गएका पारिवारिक, लेनदेन, व्यापारिक प्रकृतिका मुद्दालाई मिलापत्रका रूपमा प्रस्ताप गरिने गरेको बुढामगरले बताए । उच्चमा आएका कम मात्र मुद्दा मेलमिलापमा जाने र मिलापत्र भएर आउने उनले बताए ।

चालु आर्थिक वर्षको अहिलेसम्ममा एक थान मुद्दा मात्र मिलापत्र भएको छ । असोज मसान्तसम्म मेलमिलाप हुन सक्ने मुद्दाको संख्या १२३ वटा रहेकोमा १६ वटा मेलमिलापमा पठाइएको थियो । त्यसमा एकवटा मुद्दा मात्र मिलापत्र भएको देखिएको छ ।

चालु आर्थिक वर्षमा उच्च अदालतमा मेलमिलाप भएको मुद्दा हेर्दा ६ दशमलव २५ प्रतिशत देखिन्छ । आर्थिक वर्ष २०७७/७८मा मुद्दाको संख्या ११८ वटा, मेलमिलापमा पठाइएको ४२ वटामा १० मुद्दा मिलापत्र भएका छन् । आर्थिक वर्ष २०७६र७७ मा मुद्दाको संख्या १३६ रहेकोमा मेलमिलापका लागि सातवटा पठाइएको थियो । जसमा दुईवटा मुद्दा मात्र मिलापत्र भएर टुङगिएका छन् ।

आर्थिक बर्ष २०७६/७७मा मुद्दा संख्या १९४ रहेकोमा मेलमिलापका लागि ११४ मुद्दा पठाइएको थियो । जसमा २९ मुद्दा मिलापत्र भएको देखिएको छ । मेलमिलापमा यो अवस्था आउनुमा मिलापत्रकर्ता कम हुनु, तालिम प्राप्त दक्ष जनशक्तिको अभाव र मुद्दाकर्ताहरूमा इगो देखिनु मुख्य कारण भएको उनले बताए ।

वि.सं.२०७८ कात्तिक ५ शुक्रवार १३:०१ मा प्रकाशित

You can share this post!

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

मुुग्लिन–पोखरा सडकका चार ठाउँमा ‘प्रिकाष्ट’ प्रविधि प्रयोग गरेर पुल बनाइँदै   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:५९

गण्डकी, १४ वैशाखः निर्माणाधीन मुग्लिन–पोखरा सडकअन्तर्गत पश्चिम खण्डका चार ठाउँमा...

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:४७

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउमा वृद्धि भएको...

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

ज्योति क्यापिटलको स्वतन्त्र सञ्चालकमा प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए मन्दिप वशिष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:३१

काठमाडौं । ज्योति क्यापिटलले प्रा.डा. ध्रुव कुमार गौतम र सि.ए....

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

दुग्ध विकास संस्थानद्वारा किसानलाई ४८ करोड भुक्तानी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१८

काठमाडौँ, १४ वैशाख : दुग्ध विकास संस्थान (डिडिसी)ले किसानलाई रु...

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

लगानी सम्मेलनमा एक सय ५१ परियोजना प्रस्तुत गरिँदै, कुन क्षेत्रका कति ?    

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १०:१२

हेमन्त जोशी काठमाडौँ, १४ वैशाखः मुलुकमा प्रत्यक्ष वैदेशिक लगानी भित्र्याएर...

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्यवस्था गर्न विभागको आग्रह   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार ०६:४५

काठमाडौँ : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिकको...