काठमाडौं । बिहीबार सुनको मूल्य वृद्धि भएको छ । आज नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा ५ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन ९५ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर ९६ हजार ३ सय रुपैयाँ कायम भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ तोकिएको छ ।
यस्तै, उक्त दिन चाँदीको मूल्य पनि वृद्धि भएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले वृद्धि भई १ हजार २५५ रुपैयाँ पुगेको छ । चाँदी वुधबार भने १ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।
वि.सं.२०७९ जेठ ५ बिहीवार ११:२२ मा प्रकाशित