काठमाडौं । दुई कम्पनीको सेयर मूल्यमा उछाल आएको छ ।
साताको पहिलो कारोबार दिन बलेफी हाइड्रोपावपर र ग्रीन भेन्चर्सको सेयर मूल्य उच्च दरमा वृद्धि भएको हो ।
उक्त दिन बलेफी हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७ रुपैयाँ १० पैसाले बढेर २९८ रुपैयाँ ३० पैसा कायम भएको छ ।
यस्तै, ग्राीन भेन्चर्सको सेयर मूल्य पनि ९.९८ प्रतिशत अर्थात प्रतिकित्ता २९ रुपैयाँ १० पैसाले बढेको हो । योसंगै कम्पनीको सेयर मूल्य प्रतिकित्ता ३२० रुपैयाँ ७० पैसा कायम भएको छ ।
वि.सं.२०७९ जेठ ३० सोमवार १५:२१ मा प्रकाशित