काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा वृद्धि भएको छ । बुधबार सुनको भाउ प्रतितोला ५ सय रुपैंयाले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा ९३ हजार ६ सय रुपैयाँ छ ।
यस्तै, तेजाबी सुनको मूल्य तोलामा ९३ हजार १ सय रुपैयाँ छ । यसैगरी, आज चाँदी तोलाको १० रुपैंया वृद्धि भई १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।
वि.सं.२०७९ कात्तिक १६ बुधवार १०:४४ मा प्रकाशित