काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । नेपाली बजारमा आज सुनको भाउ २ सय रुपैंयाले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख रुपैयाँ र तेजावी सुन ९९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, उक्त दिन चाँदी प्रतितोला १ हजार ३९० रुपैयाँ कायम भएको छ ।
वि.सं.२०७९ मंसिर २७ मंगलवार १०:५६ मा प्रकाशित