काठमाडौं । बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३८.८३ अंकले घटेर १८४९ को विन्दुमा कायम हुन पुगेको हो ।
आज सेयर बजारमा गिरावट आउँदा आत्मनिर्भर लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।
त्यस्तै, माइखोला हाइड्रोपावरको ६.४३ प्रतिशत, सिटिजन म्युचुअल फण्डको ५.५० प्रतिशत, पिपुल्स पावर लिमिटेडको २.२८ प्रतिशतले सेयर मूल्य बढेको छ।
वि.सं.२०८० जेठ १७ बुधवार १५:०४ मा प्रकाशित