back

राष्ट्रिय जनावर गाईकोचित्र अङ्कित ‘मेडालियन सिक्का’ सार्वजनिक   

Kumari bank ad

काठमाडौँ, ७ असोज : नेपाल राष्ट्र बैंक, टक्सार महाशाखाले सुन्धाराबाट बबरमहलस्थित नेपाल औषधि उद्योगको परिसरमा स्थानान्तरण भएपश्चात् पुराना उपकरण मर्मत गरी मुद्रणसम्बन्धी कार्य आरम्भ गरेको छ । महाशाखाले आजदेखि राष्ट्रिय जनावर गाईको चित्र अङ्कित ‘मेडालियन सिक्का’ को बिक्री वितरण सुरु गरेको छ । महाशाखाको कार्यालयमा आयोजित संक्षिप्त कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले उक्त सिक्का सार्वजनिक गर्नुभयो ।

महाशाखाले दस ग्राम र २५ ग्रामका दुई किसिमका चाँदीका मेडालियन सिक्का बिक्री सुरु गरेको हो । दस ग्राम सिक्काको रू एक हजार छ सय र २५ ग्राम सिक्काको रू चार हजार निर्धारण गरिएको छ । बैंकसँग मौज्दात रहेको चाँदीलाई लगाएर मेडालियन सिक्का टकमरी गरिएको जानकारी टक्सार महाशाखाले दिएको छ ।

दुवै सिक्कामा नौ सय ९९ टचको चाँदी प्रयोग गरिएको छ । दर उल्लेख नगरी निष्कासन गरिएको सिक्कालाई ‘मेडालियन’ भनिन्छ । सर्वसाधारणबाट हुने सिक्काको मागलाई दृष्टिगत गरी यसको टकमरीलाई निरन्तरता दिइने महाशाखाले जनाएको छ । बैंक सञ्चालक समितिको गत जेठ १९ गते बसेको बैठकले दस ग्राम र २५ ग्रामका मेडालियन सिक्काको टकमरी गर्न स्वीकृति दिएको थियो ।

वि.सं.२०८० असोज ७ आइतवार १५:३४ मा प्रकाशित

You can share this post!

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

एनसेलको शेयर खरिद–बिक्री शङ्काको घेरामा   

वि.सं.२०८० मंसिर १८ सोमवार १८:०१

काठमाडौँ, १८ मङ्सिर : दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेल आजियटा...

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

हिमालयन रि इन्स्योरेन्सको आइपीओ : अन्तिम दिनसम्म कति पर्यो आवेदन ?

वि.सं.२०८० मंसिर १८ सोमवार १७:४३

काठमाडौँ । बैंदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि हिमालयन रि...

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३९

मनाङ, १८ मङ्सिर : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा...

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

हिमपातले मध्यपहाडी लोकमार्ग अवरुद्ध   

वि.सं.२०८० मंसिर १८ सोमवार १७:३२

ढोरपाटन (बागलुङ), १८ मङ्सिर : आज बिहानदेखि परेको हिमपातका कारण...

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

विप्लव र प्रकाण्डविरुद्ध पक्राउ पुर्जी जारी

वि.सं.२०८० मंसिर १८ सोमवार १७:२१

काठमाडौं । जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम...

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

मौद्रिक नीतिको त्रैमासिक समीक्षाका विषयमा सिबिफिनले दियो राष्ट्र बैंकलाई यस्ता सुझाव 

वि.सं.२०८० मंसिर १८ सोमवार १७:०६

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सीबीफीन) ले...