back
NMB ad

प्रतितोला ३४०० रुपैंयाले घट्यो सुनको भाउ

Kumari bank ad

काठमाडौं । नेपाली बजारमा यो साता सुनको भाउमा लगातार गिरावट आएको छ। जम्मा ६ कारोबार दिनमा ४ दिन सुनको भाउ घटेको छ।

साताको अन्तिम कारोबारमा दिन शुक्रबार पनि सुनको भाउ प्रतितोला ८०० रुपैयाँले घटेको छ। योसँगै प्रतितोला छापावल सुन १ लाख ८ हजार ८०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसअघि असोज ७ गते आइतबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार २०० रुपैंया र तेजावी सुन प्रतितोला १ लाख ११ हजार ६५० रुपैंयामा कारोबार भएको थियो । यस हिसावले आज असोज १२ गते शुक्रबारसम्म आईपुग्दा यो सातामात्रै सुनको भाउ तोलामा ३ हजार ४०० रुपैयाँले घटेको छ।

त्यसैगरी, चाँदीको भाउ भने आज तोलामा २५ रुपैयाँले बढेर १ हजार ३९५ रुपैयाँ कायम भएको छ। अघिल्लो कारोबार दिन बिहीबार चाँदी तोलामा १५ रुपैयाँले घटेर १ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो। यो साता चाँदीको भाउ पनि तोलामा ३५ रुपैयाँले घटेको छ।

वि.सं.२०८० असोज १२ शुक्रवार ११:५० मा प्रकाशित

You can share this post!

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख ३० आइतवार ०७:००

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको...

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

सेती नदी आसपासका पन्ध्र स्थानमा ‘अलर्ट साइरन’ जडान  

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:४४

तनहुँ : तनहुँ जलविद्युत् आयोजनाले आपतकालिन तयारी योजनाअन्तर्गत सेती नदी...

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

शिखर इन्स्योरेन्सको नाफा २६.२३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:३८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो...

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

आज ३० बैशाख २०८१ आइतवार, यस्तो छ आजको राशिफल

वि.सं.२०८१ वैशाख ३० आइतवार ०६:२७

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, सम्पूर्ण उत्तरी गोलार्धमा रङ्गीन प्रकाश देखियो   

वि.सं.२०८१ वैशाख २९ शनिवार २१:०५

केप क्यानभरल (अमेरिका):  पृथ्वीसँग ठोक्किएको असामान्यरूपमा बलियो सौर्य आँधीले शनिबार...

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

रूख कटान नहुँदा तनहुँ जलविद्युत आयोजनाको निर्माण प्रभावित   

वि.सं.२०८१ वैशाख २९ शनिवार २०:५८

तनहुँ, २९ वैशाखः तनहुँको ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन १४० मेगावाट...