back
NMB ad

भूकम्पपीडितको आँगनमा आएन तिहार   

Kumari bank ad

त्रिवेणी(रुकुमपश्चिम) २९ कात्तिक : जाजरकोट भूकम्पले दुई मानवीयसँगै ठूलो भौतिक संरचनामा क्षति पुर्‍यायो । सयौँ घरबारविहिन भए । प्रभावित क्षेत्रका नागरिकका लागि यो तिहार खल्लो भएको छ । उनीहरूको तिहार मनाउने सपना यसपटक पूरा हुन सकेन ।

सल्यानको दार्मा गाउँपालिकाबाट तिहार मनाउन आफ्नो माइती जिल्ला रुकुम पश्चिमको आठबीसकोट–१३ मा छोरासँगै आएकी २६ वर्षीया भुमिका शाही मल्ल र ४ वर्षको छोरा लेखनाथको भूकम्पमा परी मृत्यु भयो । दुई आमा छोराको मृत्यु मात्रै भएन, उनकी आमा, बहिनीको ९ महिनाको छोरा र माइजुको समेत मृत्यु हुन पुग्यो । उनीहरू पाँचै जनाको १४ नम्बर वडाको मामा घर ज्यामिरेकोट पुर्णगाउँमा मृत्यु भएको थियो । उनीहरू बिरामी माइजुलाई भेट्न त्यहाँसम्म पुगेका थिए ।

यता आठबीसकोट नगरपालिका १३ हम्पाका लक्ष्मण शाहीलाई आमा बहिनी, दुई भान्जा गुमाउँदा ठूलो ब्रजपात परेको छ । आमा, बहिनी, भान्जाहरू गुमाउनुको पीडा त छँदैछ । उनीहरूलाई तिहारले आफन्त सम्झाइरहेको छ ।

यति बेला धेरै ठाउँमा तिहारको रौनक छ । ठाउँठाउँमा देउसीभैलो खेलिरहेका छन्, रमाईलो गरिरहेका छन् । तर लक्ष्मण जस्तै सयौँ भूकम्पपीडितलाई तिहारले छुन सकेको छैन । भूकम्पले घरपरिवारमा पुर्‍याएको जनधनको कारण यो वर्ष तिहार आएको महसुससमेत गर्न नपाएको आठबीसकोट १३ हम्पाका लक्ष्मण शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “अघिल्ला वर्षमा बहिनीहरू आफ्नो घरबाट मखमली सयपत्री बोकेर टीका लगाउन आउँथे, तिहार सँगै बसेर सुखदुःख साटिन्थो, यो वर्ष त हाम्रो परिवारमा भूकम्पले ब्रजपात पर्‍यो, खुसीसमेत लुटेर लग्यो ।”

तिहारभन्दा पनि अहिले रातको समयमा पर्ने शीत, पछिल्लो समयमा अत्यधिक बढेको चिसोबाट कसरी जोगिने भन्ने चिन्ता थपिएको आठबीसको नगरपालिका १३ भल्माका हरिबहादुर ओलीले बताउनुभयो । तत्काल चिसोबाट हुने महामारीबाट जोगाउन र सुरक्षीत बस्ने व्यवस्था मिलाउन स्थानीय सरकारलगायत सम्बन्धित निकायलाई गुहारसमेत गरिरहेको ओलीले बताउनुभयो ।

त्रिपाल लगाएर बारीमै चिसो रात काट्नु पर्दा निकै समस्या हुने गरेको सानीभेरी–४ का कालिकादेवी मल्लले बताउनुभयो । यो वर्ष तिहारले नछोए पनि विनाशकारी भूकम्पबाट बाच्न सफल भएकोमा भने मल्लले खुसी व्यक्त गर्नुभयो । उहाँले पनि सम्बन्धित निकायलाई अस्थायी बसोवासका लागि तत्काल व्यवस्था मिलाउन आग्रह गर्नुभयो ।

भूकम्पपीडितलाई पहिलो चरणको राहत वितरण सकिएकाले अस्थायी पुनर्निर्माण आवश्यक रहेको र सोहीअनुसार जिल्ला प्रशासन कार्यालय लागेको प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार सम्बन्धित स्थानीय तहलाई सोही बमोजिम तयारी गर्न भनिएको छ । भूकम्प प्रभावित क्षेत्रमा तिहारलगतै अस्थायी पुनर्निर्माणको काम सुरु गरिने प्रमुख जिल्ला अधिकारी पन्तले जानकारी दिनुभयो ।

वि.सं.२०८० कात्तिक २९ बुधवार १३:५० मा प्रकाशित

You can share this post!

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

नेपाल एसबिआई मर्चेण्ट र वोन्डर्स नेपाल बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ जेठ ९ बुधवार १७:३९

काठमाडौं । नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड र वोन्डर्स नेपाल...

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

सिटिजन लाइफले गर्यो कृत्रिम हात उत्पादन गर्न ४ लाख रुपैंया सहयोग

वि.सं.२०८१ जेठ ९ बुधवार १७:२८

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सद्वारा इ–नेबल नेपाललाई कृत्रिम हातको उत्पादन...

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

कान्तिपुरका अध्यक्ष सिरोहियालाई तीन दिन हिरासतमा राख्न आदेश   

वि.सं.२०८१ जेठ ९ बुधवार १७:१६

जनकपुरधाम, ९ जेठ : नागरिकतासम्बन्धी कसुरमा पक्राउ परेका कान्तिपुर मिडिया...

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

सन नेपाल लाइफको सातौ बार्षिक सााधारण सभा सम्पन्न

वि.सं.२०८१ जेठ ९ बुधवार १७:०२

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौ बार्षिक...

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

एक्लेडाँडामा २९ फिट अग्लो बुद्धको मूर्ति निर्माण   

वि.सं.२०८१ जेठ ९ बुधवार १६:३१

दमौली (तनहुँ), ९ जेठ : तनहुँको शुक्लागण्डकी नगरपालिका–८ एक्लेडाँडामा २९...

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

पशुपतिको वनकालीमा साउन महिनाभरि ऐतिहासिक कोटी होम महायज्ञ हुने

वि.सं.२०८१ जेठ ९ बुधवार १६:२३

काठमाडौं। विश्वका हिन्दुधर्मालम्बीहरुको आस्थाको प्रमुख केन्द्र पशुपतिनाथ स्थित वनकालीमा ऐतिहासिक...