काठमाडौं । बुटवल पावर कम्पनीले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले लाभांश पारित र एफपीओ जारी गर्ने मुख्य प्रस्तावसहित पुस २९ गते वार्षिक साधारण सभा बोलाएको हो। कम्पनीले करसहित ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव सभामा पेश गर्नेछ ।
यस्तै, प्रिमियम भाउमा १ करोड कित्ता थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने प्रस्ताव पनि सभामा लैजाने भएको छ । एफपीओ निष्कासनका लागि हालको जारी पुँजी ३ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँलाई वृद्धि गरी ४ अर्ब ४० करोड ९० लाख ६४ हजार ६०० रुपैयाँ पुर्याउने प्रस्ताव रहेको छ ।
सभा कार्की बेंक्वेट, बबरमहल काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनको लागि कम्पनीले पुस १९ गते बुक क्लोज गर्ने भएको छ । यसर्थ, पुस १८ गतेसम्म कायम सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
वि.सं.२०८० पुस ५ बिहीवार ११:४४ मा प्रकाशित