back
NMB ad

कस्तो हो टाटा अल्ट्रोज कार ? यस्तो छ फिचर (मूल्यसहित)

Kumari bank ad

काठमाडौं । टाटा अल्ट्रोजको विभिन्न ५ मोडेलका कारहरु नेपाल उपलब्ध रहेका छन् । नेपालका टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रा.लिले गर्दै आएको छ ।

टाटा अल्ट्रोज कार एक्सई बिएस ४, एक्सएम बिएस, एक्सएम प्लस बिएस ६, एक्सटी बिएस ४ र एक्सजेट बिएस ४ मोडेल नेपालमा उलपब्ध छ ।

यी सबै मोडेलका गाडीको क्षमता १ हजार १९९ सीसी रहेको छ । यसमा तीन सिलिण्डर छ । यो १.२ लिटरको रेभोट्रन इन्जिन जडित गाडी हो ।

यो गाडीले ८६ पिएस पावर र ११३ एन एम टर्क प्रदान गर्दछ । साथै ५ स्पीड म्यानुअल प्रसारण गर्दछ । यसको फ्यूल ट्यांक ३७ लिटर क्षमताको रहेको छ ।

यसका लम्बाई ३ हजार ९९० एमएम, चौडाई १ हजार ७५५ एमएम र उचाई १ हजार ५२३ एमएम र पाङग्राको आधार २ हजार ५०१ एमएम रहेको छ । यसका साथै टर्निङ सर्कल रेडियस ५ मिटर रहेको छ । यसको अगाडि डिस्क र पछाडि ड्रम ब्रेक रहेको छ ।

यसमा मल्टी ड्राइभ (सिटी र इको) मोड रहेको छ । यसले स्पोर्टी ड्राइभिङ्ग डाइनामिक्स र इन्धन खपतको प्रभावकारीतालाई सन्तुलन कायम गर्दछ ।

अल्ट्रोजको विशेषता भनेको आइडल स्टप र स्टार्ट बटन, क्रुज कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल एसी, एम्बिन्ट मुड लाइटिङ हो । यसका साथै ९० डिग्री डोर ओपनिङ, अटो हेडल्याम्प, रेन सेन्सिङ वाइपर लगायतका विशेषताहरु रहेका छन् । सुरक्षाका लागि गाडीको सबै भेरिएन्टमा एबिएस, इबिडी, सिएससी र डुअल एअरब्यागहरु रहेको कम्पनीले जनाएको छ ।

टाटा अल्ट्रोज नेपालमा खैरो, गोल्ड, निलो, रातो, सेतो गरि चार रंगमा उलपब्ध रहेको छ । टाटाको कारहरु ६ मोडेलमा उपलब्ध छन् । जसको न्युनतम २४ लाख रुपैयाँदेखि ९० लाख रुपैयाँसम्म पाइन्छ ।

यीमध्ये एक्सई बिएस ४को २९ लाख ९९ हजार, एक्सएम बिएस ४ को ३२ लाख ५५ हजार, एक्सएम प्लस बिएस ६को ३५ लाख ५० हजार, एक्सटी बिएस ४ को ३६ लाख ५५ हजार र एक्सजेट बिएस ४को ३८ लाख ९५ हजार रुपैयाँ मूल्य पर्दछ ।

वि.सं.२०७८ असोज १ शुक्रवार १५:०७ मा प्रकाशित

You can share this post!

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

थप ४० लाख कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:१६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइत्बार थप एक कम्पनीको...

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

दुनियाँले देख्ने गरी सरकार निजी क्षेत्रमैत्री रहेको सन्देश दिएका छौंः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख २३ आइतवार १७:०८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले मुखले नभई व्यवहारमै सरकार...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच भेटवार्ता   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५८

काठमाडौँ, २३ वैशाख: उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल...

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

उच्च शिक्षा ऐन संशोधन अध्यादेश जारी गर्ने वागमती प्रदेश मन्त्रिपरिषद्को निर्णय   

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:५२

मनहरी (हेटौँडा) २३ वैशाख : बागमती प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले...

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

बागमति प्रदेशमा भोली सार्वजनिक विदा

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:३६

काठमाडौं । बागमती प्रदेश सरकारले भोलि वैशाख २४ गते सार्वजनिक...

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

काठमाडौंमा अत्याधुनिक ल्याब खोल्ने सम्बन्धमा नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच सम्झौता 

वि.सं.२०८१ वैशाख २३ आइतवार १६:२३

काठमाडौं । नेक्सजेन म्यानेजमेन्ट र मंगलम डायग्नोष्टिक सेन्टर बीच काठमाण्डौमा...