back
NMB ad

विपद्ले क्षति पुगेका ४५९ परिवारलाई करिब २ करोड राहत दिने

Kumari bank ad

हेटौँडा । बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापनाका लागि दुई जिल्लालाई करीब २ करोड दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्री डा. अजय क्रान्ति शाक्यको अध्यक्षतामा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले प्रदेश विपद् व्यवस्थापन कोषबाट सिन्धुपाल्चोक र नुवाकोटलाई उक्त रकम निकासा गर्ने निर्णय गरेको हो ।

‘अस्थायी आवास निर्माण र पुनर्निर्माणतर्फका लागि सिन्धुपाल्चोकलाई एक करोड ८८ लाख ७७ हजार पाँच सय र नुवाकोटका लागि अस्थायी आवास निर्माणका लागि सात लाख ६५ हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद्व्य व्यस्थापन समितिहरूलाई उपलब्ध गराउने निर्णय भएको छ,’ मन्त्री शाक्यले भन्नुभयो, ‘बैठकले २०७७ जेठदेखि हालसम्म मनसुनजन्य बाढी पहिरो लगायत विपद्का घटनाहरूबाट क्षति पुगेका नीजि घर परिवारहरूलाई बागमती प्रदेश सरकारका तर्फबाट तत्काल गुजाराका लागि प्रति परिवार अधिकतम रू दश हजारसम्म जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय बमोजिम वितरण गर्ने पनि निर्णय गरेको छ ।’

उहाँका अनुसार जस अन्र्तरगत सिन्धुपाल्चोक जिल्लालाई कूल लाभग्राही ३ सय ६६ जनाको ३६ लाख ६० हजार र दोलखा जिल्लालाई कूल लाभग्राही ९३ जनाको ९ लाख ३० हजार प्रदेश विपद् व्यवस्थापन कोषबाट सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिलाई रकम उपलब्ध गराउने निर्णय भएको छ ।

बैठकमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, आन्तरिक मामिला तथा कानून मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय र सामाजिक विकास मन्त्रालयका सचिव, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक, नेपाल रेडक्रस सोसाइटी बागमती प्रदेशका अध्यक्षको सहभागिता रहेको थियो ।

‘मनसुनजन्य विपद् प्रभावित निजी आवास पुनर्निमाण तथा पुनःस्थापना अनुदान कार्यविधि, २०७७ को दफा ५ को उपदफा (३) अनुसार लागत सहभागिताका लागि प्रदेश सरकारबाट व्यहोरिने ३० प्रतिशत रकम नुवाकोट र सिन्धुपाल्चोक जिल्लाबाट देहायबमोजिम मागभई आएको हुँदा प्रदेश विपद् व्यवस्थापन कोषबाट पहिलो किस्ता रकम सम्बन्धित जिल्ला विपद् व्यवस्थापन समितिहरूलाई उपलब्ध गराउने निर्णय भइको हो,’ बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

वि.सं.२०७८ असोज २० बुधवार ११:१६ मा प्रकाशित

You can share this post!

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

एभरेष्ट बैंकको वीरगंज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा

वि.सं.२०८१ वैशाख २४ सोमवार १३:११

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले वीरगंज महानगरपालिका वडा नं. १०,...

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

प्रभु बैंक र गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर बीच विशेष छुट सम्झौता

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:५९

ललितपुर । महालक्ष्मिस्थान,स्थित गणेशमान सिंह मेमोरियल हस्पिटल एण्ड रिर्सच सेन्टर...

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

आजदेखि बागमतीमा नेपाल र तामाङ पनि सरकारी कामकाजी भाषा   

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:२३

मनहरी (मकवानपुर), २४ वैशाख : आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले...

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

नागरिक उड्डयन प्राधिकरण र नेपाल एयरलाइन्सका श्रमिकमाथि शोषण नै शोषण, आन्दोलनमा उत्रिने श्रमिकको चेतावनी

वि.सं.२०८१ वैशाख २४ सोमवार १२:१०

काठमाडौं । विमानस्थल र विमानस्थलसँग जोडिएको हवाइ क्षेत्रमा कार्यरत श्रमिकहरुले...

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

नेपालद्वारा सहुलियतपूर्ण सहायता बढाउन विश्व समुदायलाई अपिल   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:५३

काठमाडौँ, २४ वैशाखः नेपालले विकास अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई...

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

एकीकृत जाँचचौकी सञ्चालनले व्यापारमा सहजीकरण हुन्छः मन्त्री भण्डारी   

वि.सं.२०८१ वैशाख २४ सोमवार ११:४५

जानकी (बाँके), २४ वैशाखः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...